रोभिडेन्ट मर्चेन्ट बैंकिङको साधारण सभा
चुक्ता पुँजी आठ करोड रुपैयाँ पुग्यो
काठमाडौं । लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङले कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार नवौं साधारण सभा सम्पन्न गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिलगायतका साधारण प्रस्तावहरू पारित गरेको छ । यसै गरी कम्पनीको मर्जर एक्विजिसन गर्न बोर्डलाई अनुमति दिने, पुँजी वृद्धि गर्ने, नियामक निकाय धितोपत्र बोर्डबाट कर्पोरेट एडभाइजरी, प्राइभेट इक्वीटी, अन्डर राइटर, इस्यु मेनेजरको कारोबार गर्न अनुमतिका लागि आवेदन गर्नेलगायतका विशेष प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीका सचिव लीलानाथ घिमिरेले सेयरधनी स्वयं र प्रतिनिधिमार्फत सभामा ८० प्रतिशत सेयरधनीको उपस्थिति रहेकाले सभाको गणपूरक संख्या पुगेको जानकारी दिएका थिए । उनले विश्वव्यापीरूपमा आर्थिक मन्दीको असर परेका बेलासमेत प्रोभिडेन्टको सक्षम व्यवस्थापनले कम्पनीलाई राम्रोसँग सञ्चालन गर्न सकेको बताए । सभामा कम्पनीका कार्यकारी अध्यक्ष डा बिमलकुमार तिवारीले गत आर्थिक वर्षमा धितोपत्र बजारमा आएको गिरावटको प्रभाव कम्पनीको बासलातमा पर्न गएको बताउँदै संकुचनको मार्गमा चलेको धितोपत्र बजारमा लगानी ब्यवस्थापन सेवामा न्यून मात्रै सुधारको कारण कम्पनी सन्तोषजनक अवस्थामा आएको जानकारी दिए । कम्पनीको चुक्ता पुँजी आठ करोड रुपैयाँ पुगेको छ । साधारण सभामा कम्पनीका सञ्चालक बलराम घिमिरे (पंकज)लगायत सेयरधनीहरूको सहभागिता थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया