नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी
काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाधरूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउँछ ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिवस कुमार सापकोटा र लंकापेका सिईओ चन्ना डी सिल्भाले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरी प्रमुख श्रीमती निलुषा दिलमिनीको उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डि श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो । यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन् । यसपश्चात् फोनपे वा लंकापेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।
कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, ‘यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’ यो सहकार्यले नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पु-याउने विश्वास दुवै पक्षको छ । ‘यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं ।’ सापकोटाले भने ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले आफूहरू फोनपेसँग अन्तरआबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित भएको बताए । उनले भने ‘यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ । यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दूरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौं जसले व्यक्ति र व्यवसायहरूलाई सहजरूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ ।’
ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डि श्रेष्ठले पनि आफ्नो विचार व्यक्त गर्दै भने, ‘श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारी हामीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्तरूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहो-याउने हाम्रो दीर्घकालीन रणनीतिको हिस्सा हो । डिजिटल भुक्तानी सेवाहरूमार्फत हाम्रा देशवासीहरूको जीवन सजिलो बनाउने यस संयुक्त अभियानमा हामीलाई विश्वास गर्नुभएकोमा हामी लंकापेलाई धन्यवाद दिन्छौं । हाम्रो अन्तर्राष्ट्रिय विस्तारको यात्रामा, हामी विश्वस्त छौं, कि हामीले हाम्रा स्वदेशी प्रविधिहरू र ज्ञानहरू अन्तर्राष्ट्रिय बजारमा लैजाने अवसरहरू मात्र पाउने छैनौं, हामीले अन्तर्राष्ट्रिय बजारमा सफल साबित भएका प्रविधि र ज्ञान नेपालमा पनि प्रयोग गर्ने प्रशस्त अवसर प्राप्त प्राप्त गर्नेछौँ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अतिथि तथा प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै फोनपेका अध्यक्ष विश्वास ढकालले आफूहरू यो सम्झौताले उत्साहित भएको बताए । ‘यो फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम हो । लंकापेसँग हाम्रो सहकार्यको प्रयासलाई मूर्तरूप दिन सहयोग र मार्गनिर्देशन गर्नेे नेपाल सरकार, नेपाल राष्ट्र बैंकलाई हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं, । श्रीलंका नेपालबीचको यो भुक्तानी अन्तरआबद्धताले उहिलेसम्म दुई देशबीच रहँदै आएको साँस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनलाई महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।”
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया