Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएलिट क्यापिटलद्वारा रिलायबल लाइफको सेयर प्रत्याभूति

एलिट क्यापिटलद्वारा रिलायबल लाइफको सेयर प्रत्याभूति


काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर अन्डरराइटिङ (धितोपत्र प्रत्याभूति) गरेको छ । बुधबार एलिट क्यापिटल र रिलायबल लाइफबीच यससम्बन्धी सम्झौता भएको हो । एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो ।

सम्झौतामा रिलायबल लाइफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय १२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता दुई सय १२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।

बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम पुँजी दुई अर्ब पु¥याउनका लागि ६० करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया