नेपाल लाइफको पोखरामा आफ्नै भवन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा आफ्नै सुविधासम्पन्न भवनको उद्घाटन गरेको छ । सोमबार आयोजित एक भव्य कार्यक्रमका बीच कम्पनीको सञ्चालक समितिका सदस्यहरू कमलेश अग्रवाल, विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्तरूपमा रिवन काटेर भवनको उद्घाटन गरेका हुन् ।
करिब ३,२२० वर्गफिटमा फैलिएको उक्त भवनको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, बीमा अभिकर्ता तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने बताइएको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्घाटन गर्न पाउँदा हर्षित भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरूमा घरजग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले २०७२ मा संविधान जारी भएपश्चात् नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मूर्त रूप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातैवटै प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए । उनले गण्डकी प्रदेशको साक्षरता दर, कुल गार्हस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेशवासीलाई धन्यवाद ज्ञापन गरे ।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशवराज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बिमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रीय कार्यालयबाट प्रदान गरिने सेवाहरू स्थानीय ठाउँबाट प्रदान गर्न सके बिमा सचेतामा बढ्न गई बीमाप्रति मान्छेको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको बताए । बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरूले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य विमलप्रसाद ढकालले बिमा व्यवसाय आप्mनो सीमा आफैँ तोकेर गर्न सकिने व्यवसाय रहेको र यस क्षेत्रमा सम्भावना भएको हुनाले आफ्नै गाउँ ठाउँमा रहेर स्वरोजगार हुन इच्छुक व्यक्तिहरूको लागि यो क्षेत्र एकदमै लाभदायी तथा सम्मानजनक रहेको बताए । समारोहमा बोल्दै कम्पनीका सञ्चालक समितिका सदस्य कृष्णराज लामिछानेले नेपालको सुन्दर नगरी पोखरामा कम्पनीले भवन लिई त्यस क्षेत्रका आम नागरिकलाई जीवन बिमासम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्न नेपाल लाइफ अग्रसर भएको देख्दा गौरवान्वित महसुस भएको बताए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनीतिकरूपमा एकदमै महत्वपूर्ण रहेको बताए । आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए । नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतीका साथसाथै प्रशस्त अवसरहरूसमेत रहेको कुरा बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया