हरित प्रवर्द्धनका लागि प्रभु बैंकलाई ६६ करोड
काठमाडौं । हरित पव्ररद्ध्नका लागि प्रभु बैंकले लक्जेम्बर्गबाट रकम प्राप्त गरेको छ । बैंकका अनुसार लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एसएबाट ५० लाख डलर अर्थात् नेपाली रुपैयाँ करिब ६६ करोड रुपैयाँ ऋण सुविधा प्राप्त गरेको हो । विश्व वातावरण दिवसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्ष अवधिका लागि उक्त रकम प्राप्त गरेको बैंकले जनाएको छ । जलवायु परिवर्तनले आक्रान्त विश्व, यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत रहेको अवस्थामा प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने र विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहजरूपमा उपलब्ध गराइने बैंकको भनाइ छ ।
बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमा नै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिएको बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित
- सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल
- विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छ: मन्त्री भण्डारी
- असोज २ गते मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने
- भारतलाई चिढ्याउने बाङ्ग्लादेशको ‘मेगाफोन कूटनीति’ के हो?
- अन्तत: २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- पाँचथरमा मृतक दुई बालबालिकाका परिवारलाई पाँच-पाँच लाख दिइने
- विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया