नेसनल लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष सिंहले विश्व अर्थतन्त्र कोभिडपश्चात् बिस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौती थपिएको बताए । हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बिमा व्यवसाय चुनौतीपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरूका कारणले आव २०७८/०७९ मा बिमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको अध्यक्ष सिंहले जानकारी दिए । नेपाल सरकार र नियामक निकायको सहयोगी नीतिहरूका कारणले गर्दा बिमा बजार आउने दिनहरूमा थप फस्टाउने आशा गरे ।
आव २०७८/०७९ मा कम्पनीको सबै वित्तीय सूचकांकहरू उत्साहप्रद रहेको कम्पनीको भनाइ छ । कम्पनीको कुल बिमा शुल्क १५ प्रतिशतले वृद्धि भई १४४० करोड पुगेको छ । जीवन बिमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भई ५,०८०.४२ करोड पुगेको छ । कुल लगानी १९ दशमलव ८५ प्रतिशतले वृद्धि भई ४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आ.व.२०७८/०७९ मा सो दर नौ दशमलव ९० प्रतिशत कायम रहेको छ । नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरूप कम्पनी आफ्नो लगानी विविधीकरण गर्ने प्रक्रियामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युत्मा लगानी बढाउनतर्फ कम्पनीले प्रयास गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको नेपालगञ्जस्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आव २०८०/०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको जानकारी पनि कम्पनीले दिएको छ । यसबाट सो क्षेत्रमा कम्पनीको व्यवसाय प्रवर्धन गर्न सहज हुनेछ । कम्पनीको अन्य शाखाहरूमा पनि क्रमशः यो प्रक्रृया सुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सञ्जाललाई थप व्यावसायीकरण गर्ने एवम् सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । सभाले आव २०७८/०७९ को लागि अद्यावधिक चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनको लागि १,९५,३८,६६१ रुपैयाँ (नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्ता पुँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पु-याउनु पर्ने बाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पुँजी चार अर्ब ६४ करोड चार लाख ३१ हजार आठ सय ७५ रुपैयाँमा आठ प्रतिशतको दरले बोनस सेयर थप भई चुक्ता पुँजी पाँच अर्ब एक करोड १६ लाख ६६ हजार चार सय २५ पुगेको जानकारी पनि कम्पनीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया