Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण

मुक्तिनाथ विकास बैंकद्वारा वृक्षारोपण


काठमाडौं । मुक्तिनाथ विकास बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंको टोखा नगरपालिका वडा नं १ मा निर्माणाधीन शान्ति पार्कमा एभोकाडोको बिरुवा रोपेको हो । हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा ‘बिट प्लास्टिक पोलुसन’ रहेको छ ।

टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ क्यापिटल र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रममा टोखा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर १ का वडाध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेसनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृतलगायत उल्लेख्यरूपमा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले नगरलाई हरियाली बनाउँदै स्वच्छ र सफा नगर बनाउने दीर्घकालीन योजना रहेको बताए । साथै, मुक्तिनाथ समूहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहल गर्ने बताए ।

साथै, मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी अभियानमा यही २० गते वाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै सुरु गरेको र आगामी पाँच वर्षमा फाउन्डेसनको अगुवाइ तथा मुक्तिनाथ समूहसहित विभिन्न सरकारी र गैरसरकारी निकायको सहकार्यमा कम्तीमा १० लाखभन्दा बढी फलफूल तथा काष्ठजन्य बिरुवाहरू रोप्ने लक्ष्य राखेको बताए । यसले वातावरण संरक्षणको साथै खाली रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानीय बासिन्दाहरूलाई विभिन्न आम्दानीको स्रोतहरू उपलब्ध हुने उल्लेख गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया