नेपाल लाइफद्वारा अभिकर्तालाई प्रशिक्षण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा छ हजारभन्दा बढी अभिकर्ताहरूलाई प्रशिक्षण दिएको छ । कम्पनीका अनुसार अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रममार्फत प्रशिक्षण दिइएको हो । कम्पनीले कोशी प्रदेशको बिर्तामोड र इटहरी, मधेश प्रदेशको वीरगञ्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा भव्य र सभ्य कार्यक्रमको आयोजना गरी छ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गर्नुका साथै हरेक शाखा उप–शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिब एक हजार जना अभिकर्ताहरूलाई सम्मान गरिएको जानकारी दिएको छ ।
२०८० साल वैशाख ७ गते बिर्तामोडको सेन्ट्रल पोइन्ट होटल एन्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा चार सय जना, वैशाख ९ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा चार सय ५० जना, वैशाख १४ गते मिर्चैयाको राम जानकी होटल एन्ड पार्टी प्यालेसमा पाँच सय ७० जना, वैशाख १६ गते वीरगञ्जको होटल साह दरबारमा चार सय ५० जना, वैशाख १८ गते नारायणघाटको सिएमटी रिसोर्टमा चार सय ६० जना, वैशाख २२ गते भक्तपुरको नमस्ते ब्याङ्क्वेटमा पाँच सय जना, जेठ पाँच गते काठमाडौंको अनमोल ब्याङ्क्वेटमा सात सय जना, जेठ ९ गते सुर्खेतको सिद्धार्थ सन्नी रिसोर्टमा तीन सय ५० जना, जेठ ११ गते नेपालगञ्जको सुनाखरी रेस्टुरेन्टमा तीन सय ४० जना, जेठ १३ गते टीकापुरको होटल सिद्धार्थमा तीन सय ६० जना, जेठ १५ गते अत्तरियाको होटल नमस्तेमा पाँच सय ५० जना, जेठ २० गते बुटवलको सिद्धार्थ होटलमा पाँच सय ५० जना र जेठ २२ गते पोखराको सिटी स्क्वायरमा चार सय गरी कुल छ हजार ८० जना अभिकर्ताहरूले तालिम लिएकोे कम्पनीले जनाएको छ ।
मिति २०८० जेठ २२ गते पोखरामा आयोजित कार्यक्रममा यस कम्पनीका सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल र विमलप्रसाद ढकालको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा बोल्दै अग्रवालले गण्डकी प्रदेश विभिन्न आर्थिक सूचकाङ्कहरूमा अग्रपङ्क्तिमा रहेको हुनाले यस क्षेत्रमा बिमा व्यवसायको विस्तार गर्न प्रचुर सम्भावना रहेको बताए । सम्पूर्ण अभिकर्ताहरूलाई यस अवसरको अधिकतम सिप र ज्ञान हासिलगरीबिमा व्यवसाय विस्तार गर्न आग्रह गरे । साथै, कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै सुविधासम्पन्न भवनबाट गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी गराए । यसबाट कम्पनीको विश्वसनीयता बढी बिमा बजारको विकासमा टेवा पुग्ने बताए । नेपालको सर्वाधिक विश्वासिलो जीवनबिमा कम्पनीको रूपमा नेपालको जनसंख्याको करिब १० प्रतिशत जनतालाई जीवनबिमासम्बन्धी सेवा प्रवाह गर्दै नेपाली जीवनबिमाको क्षेत्रमा विभिन्न सूचाकाङ्कहरूको आधारमा अब्बल रहँदै आफूलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवनबिमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको बताए ।
अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरूमा उपस्थित अभिकर्तालाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताहरूको क्षमताको विकास गर्ने हेतुले यस्तो कार्यक्रम आयोजना गरिएको बताए । यस्तो कार्यक्रमले बिमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सिपहरूलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए । कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाउँदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।
यसै वर्ष कम्पनीले भारतको मुम्बईबाट जीवनबिमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवनबिमा अभिकर्ता राजेश सतोस्कार र विजय कुमार झालाई ल्याएर अभिकर्ताहरूलाई तालिम प्रदान गरेको थियो । कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताले बिमा व्यवसायमा सफलता प्राप्त गर्नका खातिर आफू आबद्ध कम्पनीको बारेमा पूर्ण जानकारी, आफूले गरेको पेसाको बारेमा कानुनी बैधतातथा कम्पनीले बजारमा ल्याएको बिमा योजनाहरूको बारेमा पूर्ण जानकारी राख्नुपर्नेमा जोड दिए । बिमा बजारको बजारीकरणको सम्बन्धमा बृहत् प्रस्तुतीकरण दिएका पोखरेलले सफल अभिकर्ताहरूमा हुनुपर्ने गुणहरूका बारेमा समेत प्रकाश पारेका थिए । अभिकर्ताहरूलाई प्रशिक्षण दिने क्रममा कम्पनीका तालिम विभाग प्रमुख रोजेश बस्नेतले बिमा अभिकर्ता पेसा ठूलो लगानी र उच्च शिक्षा नहुँदा पनि राम्रो आम्दानी गर्नका निम्ति प्रचुर सम्भावना भएको क्षेत्र हुनाले आम्दानी र व्यवसायभन्दा माथि उठेर बिमा अभिकर्ताको रूपमा सामाजिक र मानवीय धर्मका रूपमा पेसालाई अङ्गीकार गर्न प्रेरित गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया