डेभलपमेन्ट बैंकर एसोसियसनद्वारा एनएफआरएस–९ तालिम सुरु
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको आयोजनामा एनएफआरएस–९ तालिम सुरु भएको छ । एसोसिएसन र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना र ई एन्ड वाई श्रीलंकाको सहयोगमा आयोजना गरिएको तीन दिने एनएफआरएस–९ तालिमको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले समुद्घाटन
गरेका हुन् ।
डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट्स नेपालका पूर्वअध्यक्ष सुनिर ढुंगेल तथा डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका पदाधिकारीहरूको समेत उपस्थिति थियो । तालिम ई एन्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेराले दिइरहेका छन् । तीन दिनसम्म चल्ने उक्त तालिममा विकास बैंकका वित्त, लेखापरीक्षण आदि विभागका कर्मचारीहरूको सहभागिता रहेको छ । कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेतलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थामा एनएफआरएस लागु भइसकेको छ । एनएफआरएस–९ लागु हुने चरणमा रहेकाले त्यसैको तयारीका लागि डेभलपमेन्ट बैंकर्स एसोसियसनले यस्तो अग्रसरता लिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विश्रुत थापाले डेभलपमेन्ट बैंकर्स एसोसियसनले योजनाबद्धरूपमा आप्mना सदस्य बैंकहरूलाई एनएफआरएस–९ को आवश्यक तयारी गर्न गराउनको लागि विशेष पहल गरेको देख्दा खुसी लागेको बताउँदै नियमनकारी निकायको निर्देशनमा मात्र भर पर्नुभन्दा पनि यसरी आफैँ अग्रसर भई काम गर्दा सबैलाई राम्रो हुने बताए ।
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपालका पूर्वअध्यक्ष सुनिर ढुंगेलले कार्यक्रमको सफलताको शुभकामना दिँदै विकास बैंकहरूका लागि आवश्यक पर्ने ज्ञान आदानप्रदान गर्न आफूहरू सदैव तत्पर रहेको बताए । डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ का बारेमा वित्त विभागका कर्मचारीले मात्र बुझेर नपुग्ने, त्यसका लागि व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनका कार्यकारीहरू लगायतले जान्न र बुझ्नुपर्ने बिषय भएकाले सुझाव र आवश्यकताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया