Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाविरुद्ध शक्ति केन्द्रित हुनुपर्ने ठाउँ

कोरोनाविरुद्ध शक्ति केन्द्रित हुनुपर्ने ठाउँ


काठमाडौं,बैशाख ११
चीनबाट सुरु भएको कोरोना कहर व्याप्त नभएको देश कुन होला भनी खोज्न नसकिने भइएको छ । यो क्रममा चीन त्यसबेला सर्वथा नयाँ थियो र के गर्ने के नगर्ने भन्ने सन्दर्भमा उसका अभ्यासहरू सर्वथा मौलिक हुनगए जो स्वाभाविक पनि थियो । ती प्रभावकारी नभएका भए निकै नै ठूलो जनधनको क्षति हुने थियो तर यो रोग सरुवा हो र एउटा मान्छेबाट अर्कोमा सर्ने प्रकृतिको हो भनी उसले छिटै स्वीकारेको कारण पहिलो देश भए पनि त्यति ठूलो क्षति हुन पाएन । उसले अवलम्बन गरेको राजनीतिक पद्धतिले पनि त्यसलाई नियन्त्रयामा लिने भन्नेमा चीन प्रभावित भयो जसरी युरोप अमेरिका हुन सकेनन् । यतिबेलाचाहिँ यसको रोकथामको लागि संसारभरि भएका प्रयोगहरू उपलब्ध छन् त्यसकारण यसको रोकथाममा सजिलो पर्न गएको छ । खाँचो हो त्यसको इमानदारीपूर्वक प्रयोग हुनु । यतिबेला संसारले अवलम्बन गरेका लकडाउनको प्रविधि वा प्रयोग पनि चीनबाटनै आएको हो भन्ने फेरि दोहो¥याऊ ।

यतिबेलासम्म नेपाल एकप्रकारले सुरक्षितजस्तो थियो । विदेशबाट आएकहरूमा मात्र यसको संक्रमण फेला पार्दै थिए । तर, अबचाहिँ के हो, के भन्ने ठाउँमा पुगेको अवस्था छ । खासगरी उदयपुरको संक्रमितहरूको संख्या र प्रकृतिबाट । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) विस्तार हुने क्रममा विभाजन गरेका चरण नेपालमा प्रवेश गरेको हो कि भन्ने संकेत प्रकट हुन थालेको छ । यदि यस्तै हो भने वास्तवमा नै आज जे संख्या छ त्यसको विस्तारमा अबका दिनहरू बित्ने देखिन्छ । अन्यत्र त्यस्तै भएका थिए । त्यसै कारण यसको प्रकृति विश्वव्यापी भएको भनिएको होे । विश्व स्वास्थ्य संगठनले कोरोनाको पहिलो चरणमा अन्य देशबाट आएका संक्रमित, दोस्रोमा विदेशबाट आएका व्यक्तिबाट आफ्न्त र नजिकका नातेदारमा सर्ने, तेस्रो समुदायमा फैलिएको, विदेश पनि नगएको र विदेशबाट आएका व्यक्तिसँग सिधै सम्पर्क नभएको अवस्था र चौथो महामारी देशभर फैलिएको अवस्थालाई भनेको छ । छिमेकी देश भारतमा यतिबेला तेस्रो चरणमा प्रवेश गरेको मानिएको छ । भारत नेपालको खुला सीमा भएको ठूलो देश हो । त्यो देशमा एउटा धार्मिक समुदाय यो रोग फैलाउन कारक मानियो । अर्थात् सानो संख्य यदि सावधानी अपनाइएन भने यसलाई विस्तार गर्न पर्याप्त हुनेरहेछ भन्ने यो उदाहरण पर्याप्त हो जो नेपालमा पनि कायम भै सकेको छ ।

उदयपुरको घमटना विदेशबाट आएका भन्दा उनबाट सरेकाबाट फेरि यता सरेका अर्थात् एक जनाबाट समुदायमै अर्कोमा सरेको जस्तो देखियो प्रारम्भिकरूपमा । यसको अर्थ हो, यसले धेरै नै सतर्कता खोज्छ । पहिले उपत्यकाको घना बस्ती पनि एउटाबाट दोस्रोमा सरेको अवस्थामा देखिएको थिएन । त्यसकारण व्यवस्थापनमा त्यति चुनौती खडा भैसकेका थिएनन् । उदयपुरको घटना त्यस्तो रहेन । अर्को यसको दुःखद पक्ष हो यो केही दूर्गम जिल्लामा गयो । दुर्गम यसकारणले कि यो ठाउमा न परीक्षाण न उपचामरनैहुन्छ । सबै कुरा अन्यत्र लानुपर्ने अवस्थाले झनै अप्ठ्यारो पर्न जाला तर जे भए पनि कम्तीमा यतिबेला एउटा संकेत देखिएको छ, समुदायतिर सरेको हो कि भन्ने । त्यसो हो भने पनि यसको परीक्षणदेखि सबै कुरामा राज्य यो ठाउँमा केन्द्रित हुन आवश्यक छ । त्यसलाई यो जिल्ला र त्यसमा पनि प्रभावित क्षेत्रमा सीमित गराउन सकियो भने तत्कालका लागि ठूलो उपलव्धी हुन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया