Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनामा केन्द्रित बजेट

कोरोनामा केन्द्रित बजेट


आगमी बजेट कोरोनामा केन्द्रित हुने निश्चितजस्तै भएको छ । यो कुनै अस्वाभाविक कुरा पनि होइन । नौलेचाहिँ यसकारणले भयो कि एउटा कुनै महामारीले समग्र बजेटलाई प्रभाव पारेको सम्भवत यो नै पहिलो बजेट हुँदै छ । जानकारहरूका अनुसार महामारी त पहिले पनि फैलिएको अवस्था थियो । तर, यो हदसम्मको नरहेको भन्ने त्यसको चर्चा त्यति धेरै नभएबाट पनि बताउँछ । यतिबेलाचाहिँ महामारीप्रतिको जनचेतनाले हो कि, यसको विश्वव्यापी विस्तारले हो यसले समग्र अवस्थालाई आफूतर्फ तान्यो । त्यसैकारण होला जम्मा दुई जनामा कोरोना देखिनासाथ सरकारले देशव्यापी लकडाउन नै घोषणा ग-यो । अहिले त्यसको म्याद थप्दै ५५ दिनसम्म कायम रहनेगरी लकडाउन थपेको छ र यो अझै बढ्नसक्ने सम्भावना पनि उत्तिकै रहेको छ । यतिलामो लकडाउनले स्वाभाविक छ अर्थमा प्रभाव पार्ने नै भयो । त्यसकारण यसलाई कोरोनाको भन्दा लकडाउनको प्रभाव भन्नुपर्ने अवस्था आयो ।

यतिबेला संसद्मा अर्थमन्त्री युवराज खतिवडाको प्रस्तुति जोडतोडले चलिरहेको छ । त्यो प्रस्तुतिकै आधारमा संसद्मा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको आकार प्रकार र त्यसका प्रस्तावहरूका बारे छलफल चलिरहेको छ । यो एकप्रकारले पत्येक वर्षको नियमित कार्यक्रमजस्तो पनि हो । त्यही सन्दर्भमा बजेटको सिद्धान्तमा छलफल गर्न अर्थमन्त्रीले संसद्लाई आह्वान गरेका हुन् । त्यस्तो आह्वान गर्दै उनले संसद्मा आगामी बजेटको सूत्र पनि दिए । उनका अनुसार आगामी बजेट मूलतः कोभिड १९ को कारणबाट परेको बहुपक्षीय असरको निराकरण, पूवार्धारसहितको गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, निजी क्षेत्रका लागि प्रोत्साहनसहित आर्थिक पुनरुत्थान र राष्टिय पुँजी निर्माणमा प्रोत्साहन गर्ने किसिमले निर्माण हुनेछ’, अर्थमन्त्री खतिवडाले संसद्मा भने, ‘रोजगारी सिर्जना, सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम पनि बजेटमा रहनेछन् ।

अर्थमन्त्रीले भनेजस्तो कोभिड १९ महामारीविरुद्ध लड्न स्वास्थ्य क्षेत्र बलियो बनाउने, कोरोनाबाट प्रभावित क्षेत्रलाई सहुलियत दिने र अर्थतन्त्रको पुनरुत्थान गर्ने मुख्य प्राथमिकता राखेर आगामी बजेट निर्माण हुनेछ नै । मुलुकमा सञ्चालनमा रहेका ठूला परियोजना के हुने आदि प्रश्नहरू उठिरहेका बेला तिनलाई पर्याप्त रकम दिने पनि उनले बताएका छन् । अर्थमन्त्रीले प्रस्तुत गरको यो खाकाका आधारमा संसद्मा छलफल चल्ने हुन्छ जो भेरहेको छ । यो छलफलमा सांसदहरूले बजेटले देशलाई पहिलेको आवस्थामा कसरी पु-याउला भन्ने प्रश्न गरिरहेका छन् । यो एकप्रकारले स्वाभाविक पनि हो । खासगरी वितरणमुखी बजेटले सधैँ यस्तो प्रश्न गराइरहेका छन् । तर, चालू वर्षको अवस्था भने भिन्न छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया