काठमाडौं । ठूलाबडाले नै सामान्यतहकोसम्म अनुशासन मानेनन भने त्यसको नक्कल समाजको पीँघसम्मनै पुग्छ । महाजन एनगता सपन्था भन्नेत भनाइनै छ । खासगरी अनियमितताका सन्दर्भमा त यो हुवशुनै लागु भएको पाइन्छ । जस्तो ठूलाबडाले आफुले गरेका अनियमितताहरुलाई सामान्यीकरण गरेभने त्यसको प्रभाव व्यापक हुँदो रहेछ । जस्तो केद्र्रिय सरकारका बहालवाला प्रधानमनत्री सहितका सदस्यहरुले आफु नियुक्त भएको वर्षदिनसम्म सम्पत्ति विवरण बुझाएनन । त्यसकोअनुकरण प्देश र स्थानीयतहसम्म भैरहेको रहेछ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले नै यस्तो विवरण दिएको हो । प्रचलनमा रहेको कानुनमा सार्वजनिक पदमा रहेका व्यक्रिले आफु नियुक्त भएको ६० दिनभित्र सम्वन्धित निकायमा अनिवार्यरुपले सम्पत्ति विवरण बुझाउनुपर्छ भनिएको छ । माथि उल्लेख भएका वर्षदिनमा त्यस्ता कतिवटा साठीदिन विते भन्ने हिसाव गरौं । पछिल्लोसमय त कर्मचारीलेसमेत यो विषयमा मन्त्रीका नक्कल गरका देखियो । सतर्कता केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा नै यो कुरा उल्लेख छ ।
गएको हप्ता देशका दुइठूला पदाधिकारीले त्यस्तैप्रकारको अनुशासन भंग गरेको दृश्य देखिए । सार्वजनिक अनुशासन सस्थागत आचारसंहिताले गर्न नहुने भनिएको कुरा गरिएको भनेर सञ्चारमाध्यममा व्यापकरुपले समाचार विवरणहरु आए तर त्यस्ता पदाधिकारीबाट यसबारे आफ्नो कमजोरी भएको भनेर सामान्य आत्मालोचनासमेत प्रकट भएन । गएको माघ २८ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आप्mनो स्थापनाको ३३ औँ दिवस मनाउन आयोजना गरेको भव्य कार्यक्रममा जे देखियो यो सन्दर्भ त्यसैसंग जोडिएको हो । त्यो कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको विशेष उपस्थिति रह्यो । उनलाई विशेष अतिथि भनेर सम्मान जनाइया र यो उपस्थितिलायृ गरिमामय भएको वताइयो । अखितयारले उनको यो उपस्थितिलाई विशेष मानेको उनको आशसनले पनि वताउछ । उनलाई उपराष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षका बीचमा आसन ग्रहण गराइएको थियो । यो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति र विशिष्ट अतिथि प्रधानमन्त्री थिए । कार्यक्रममा सभामुखको पनि उपस्थिति थियो । तर यहीठाउँमा प्रधानन्यायाधीशको उपस्थिति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको व्यवहार भने खडकिँदो नै रह्यो । अदालतका लागि अख्तियार एउटा झगडिया हो । अख्तियारले दायर गरेका मुद्धामा अन्तिम फैसलागर्ने निकायका प्रमुखको यस्तो उपस्थिति न्यायिकक्षेत्रको आचारसँहिता विपरीत हुन जान्छ । अख्तियारकै प्रमुखका अनुसारपनि अहिले उसगं १२ हजारभन्दा बढी भ्रष्टाचारका उजुरी छन । यसको अनुसन्धान गरेर मुद्धा हालेपछि अदालतले नै त्यसको किनारा लगाउनुपर्छ । त्यस्तो मुद्धाहाल्ने निकायका यस्ता वार्षिक उत्सव जस्ता सामान्यकार्यक्रमा अन्तिम निर्णय गर्ने निकायका प्रमुखको नै यस्तो उपस्थिति हुन्छ भने ती फैसलाहरु कति न्यायिक होलान भन्ने शंकाहुनु स्वाभाविक नै हुन जान्छ ।
कार्यक्रममा प्रधानन्त्रीको व्यवहारपनि आइनदा कसैबाट यस्तो नहोस भन्नु पर्ने अवस्थाको देखियो । कार्यक्रमम सम्माननीय राष्ट्रपतिले आयोगको स्मारिका विमोचन गर्दा कार्यक्रमको अतिथिदीर्घामा रहेका सबै जना उठेर ताली बजाए । यो कार्यक्रमको प्रत्यक्ष प्रसारणमा देखिए अनुसार त्यसबेला आसनबाट नउठनेमा प्रधानमन्त्री मात्रे थिए । उनले यथास्थानमै बसीबसी ताली वजाएर त्यो विमोचनको स्वागत गरे ।
जव यस्ता पदाधिकारीबाट यस्तासार्वजनिक समारोहमानै सर्वमानय आचरणको उल्लंघन हुन्छ, सामान्य अनुशासनको समेत पालना हँुदैन भने त्यस्ता पदाधिकारीले सुशासनका बारे जनाएका प्रतिवद्धताहरुको के अर्थ रहन्छ ? यो प्रश्न सामान्य छैन । राष्ट्रिय गान सबैले उठेर गाइन्छ । राष्ट्राध्यक्षपनि त्यसबेला उठछन । राष्ट्राध्यक्षले उठेर उदघाटन वा विमोचन गर्दा कम्तीमा त्यो मञ्चमा रहेका सबै पदाधकारी उठने सामान्य मान्यता हो । तयसदिन प्रधानमन्त्रीबाट भने यो कुरा मानिएन । अवका दिनमा यस्ता कुराको कसैबाट अनुकरण नगरियोस ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- ठगीको गरेको अभियोगमा गुरूङ र पराजुली पक्राउ
- फाल्गुनन्दको मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ: राष्ट्रपति पौडेल
- कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी पक्राउ
- अर्थतन्त्र सुधारको सन्दर्भ
- शुभकामना आदान–प्रदानले मात्र मुलुक उँभो लाग्दैन
- गाउँमा मलामी नपाउने अवस्था
- झापामा सात करोडको सौर्य विद्युत् उत्पादन
- सात जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया