Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारको एक दिन पनि नटिक्ने कच्चा काम

सरकारको एक दिन पनि नटिक्ने कच्चा काम


काठमाडौं,जेठ २३
जेठ २० गते सकिन लागेको आठौं लकडाउनको म्याद त्यसको दुई दिनअघि थपेर सरकारले अरु १२ दिन बढायो । लकडाउनको समय बढाइएको मात्रै होइन यसलाई अरुभन्दा पनि बढी कडिकडाउ गर्न सेना परिचालन गर्ने निर्णय समेत भयो । यी सबैको निष्कर्ष के थियो भने सरकार लकडाउनमा झनै कडारूपले प्रस्तुत भयो । सेना नै परिचालन गर्ने भन्ने कुरा को सन्देश भनेको त्यही हो ।

तर यसबीचमा आम नागरिक भने लकडाउन खुकुलो होस् भन्ने चाहन्थे तर सरकार अलिकति पनि यताउता भएन । कडाइ गर्ने भन्ने उसको घोषणा आफैँ पनि झन कडा थियो । यता लकडाउन यस्तो कडा थियो भने उता सरकारले नै एउटा सूचना निकाल्यो, लकडाउनको थपिएको म्याद लागू भएको अघिल्लो दिन । त्यसमा भनिएको थियो २०७७ जेठ २५ भित्र कर तिरिसक्नु पर्नेछ ।

यो सूचनाअनुसार कर नतिरिए त्यो बेलासम्मको ब्याज हजार्नासहितको जरिवाना लाग्नेछ । यो सूचनाले कस्तो सन्देश दियो भने कर तिर्नका लागि पनि व्यवसायीहरूले सरकारले सामान्यरूपले वितरण नर्गे भनिएको पास लिनुपर्ने भयो । त्यस्तो पास भएन भने मान्छे पैदल हिँडे वा सवारी साधन चलाए पक्राउ पर्ने अवस्था थियो । तर, यो सूचना एक दिन पनि टिकेन । जेठ २१ मा अर्थात् भोलिपल्टै सच्याइयो ।

यता व्यवसायीहरू सरकारले लगाएको लकडानका कारण कारोबार ठप्प भएको आवस्था देखाउँदै राहत प्याकेजको माग गरिहेका थिए । प्याकेज त आयो तर उल्टो कर नतिरे दण्ड व्यहोर्न तयार रहन भन्दै । यसले सरकार यस्तो अवस्थामा पनि देशको आवस्थाबारे त्यति जानकार छैन । उसको अवस्था वा भनौं उसको शासनमा सजिलो भएको अवस्थामा बाहेक । यस्तो नहुँदो हो त ।

करजस्ता कुराहरू कारोबार सुरु भएपछि पनि गर्न सक्ने मान्यतामा यस्तो सूचना आउने थिएन होला । यो सरकरको एउटा डरलाग्दो अवस्था देखिने कच्चा काम थियो, जसलाई प्रतिपक्षले ठाडै चुनौती दियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले यो सूचनाको अवज्ञा गर्दै २५ जेठभित्र कर नै नतिर्न आह्वान नै गरे । उनको भनाइ थियो –नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो । सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलार्ई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।

वास्तवमा नै यो भनाइ सही थियो । यो ठाउँमा व्यापारको नाफाघाटाको कुरा थिएन । सरकार आफँँैले घोषणा गरेको लकडाउन उल्लंघन गर्न सरकारले नै आह्वान गरको जस्तो अवास्था थियो यो । एकातिर सरकारी कर्मचारीलाई समेत बिदा दिइएको अवस्था थियो भने यो कर तिर्नका लागि प्रयोग हुने बाटो सरकारले बन्द गरको अवस्थामा थियो । त्यसै पनि बन्दाबन्दीका कारण व्यवसायीहरूले चुनौती भोगिरहेका बेला सरकारले तत्काल कर बुझाउन गरेको ताकेता व्यावहारिक थिएन जो आम तहबाट नै यस्तो महमसुस भएको थियो ।

त्यसै पनि कोरोना भाइरस महामारी र यसको रोकथामका लागि घोषित बन्दाबन्दीका बीचमा आएको यस्तो सूचनाले आफ्नो घोषणाप्रति वा महामारी रोक्ने आफ्नो कदमप्रति सरकारले आफैँ व्यंग्य गरेजस्तो अवास्था प्रकट भयो । जब विपक्षले कडा प्रकारले आह्वान ग¥यो त्यसमा सबै व्यवसायीले साथ दिए । त्यसपछि सरकारले यो सूचना सच्यायो अर्थात् अर्को महिनालार्ई सा¥यो तर यता सरकारको नियत के हो भन्नेचाहिँ प्रकट भइसकेको थियो । यही हो, सरकारका कामकुरा अस्थिर भएका भन्ने ठाउँ पनि ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया