Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयलकडाउनले रोकथामभन्दा कष्ट बढी

लकडाउनले रोकथामभन्दा कष्ट बढी


यतिबेला जताततै विरोधका स्वरहरु मुखरित हुन थालेका छन र तिनलाई दबाउन सरकार बल प्रयोग गर्न थालको छ । प्रधानमन्त्री निवास छेउमा त्यस्तै बल प्रयोग गरियो । उनीहरुका मागचाहिँ सर्वसाधारणका चासोका थिए जो सरकार आफैँले पूरा गर्नुपर्ने हो । यस्तो प्रदर्शनी पहिले पनि हुन्थे तर अहिलेको सन्दर्भ भने सरकाकरको लकडाउनको हो । लकडाउन भनेको स्वेच्छाले बन्दी हुने अवस्था हो । स्वेच्छाले बन्दी हुने हो भने सरकारले किन बल प्रयोग गरिरहेको छ भन्ने प्रश्न उठ्छ । यो प्रदर्शनीको एउटा विषय कोरोना भाइरस नियन्त्रणको लागि सरकार गम्भीर नभएको भन्ने छ र अर्को भोकले मर्न आँटियो भनी सरकारलाई सूचना दिन यस्ता प्रदर्शनी प्रधामनमन्त्री निवास बलुवाटारदेखि राजधानीको अति व्यस्त सहर न्यूरोडमा भैरका छन् कही दिनदेखि नै । आफ्ना नागरिक किन सडकमा आए त्यो पनि यस्तो बेलमा भन्ने सरकारले अलिकति पनि खोजीनीति गरेको पाइएन ।

उद्यमीको न्युरोड र सर्वसाधारणहरूको बालुुवाटारमा प्रदर्शन नियमितजस्तै भइरहेको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि लकडाउन गरेको थियो । तर यो लकडाउनको अवधि ७६ दिन पूरा भइसक्दा पनि यसको औचित्य पुष्टि गर्न सरकारले नसकेको भन्ने आरोप छ सर्वसधारणको ।

लकडाउनपछि सरकारले गरेको भनेको भए पनि ठोस काम प्रकट भएको छैन । यो लकडाउनको घोषणाबाहेक भन्ने नै सबैतिर मत प्रकट भैरहेका छन् । सर्वसाधारणका प्रदर्शनको कारण पनि यही बन्यो । लकडाउन घोषणा हुँदा एक जिल्लामा थियो कोरोना । यसको अवधि साढे दुई महिनाको हुँदा अब यसले नछोएको एउटा जिल्ला मात्र बाँकी छ । त्यो पनि यी अक्षर पढिँदाको बेलासम्म बाँकी नरहला । यहीबीचमा स्थानीय तहमा सरकारले गरेका परिपत्रहरु आपत्तिजनक देखिए । यतिबेला सबैले भन्दै र लेखिँदै आइएको कुरा हो –सरकारले पर्याप्त मात्रमा पीसीआर टेस्ट नगरेको, कतिपयलाई आरडीटी परीक्षण गरेर घर फर्काएको, क्वारेन्टाइन व्यवस्थित नगरेका कारण देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रण गर्नुुको साटो सरकार विभिन्न कामहरूमा अल्झेको भन्ने । यता सरकार भने लकडाउन मात्र थप्दै गैरहेको छ जसले जनताको जीवन निर्वाह पनि संकटग्रस्त बन्न थालेको स्पष्ट छ । यी बालुवाटार प्रदर्शनमा उत्रिएकाहरुका आरोप हुन् ।

यही क्रममा बितेका करिब हप्तादेखि नै सहरका व्यस्त ठाउँमा व्यापारीहरुको प्रदर्शनी र लकडाउनको अवज्ञा गर्ने काम लगातार चलिरहेको छ । उनका पनि भनाइ छन् –विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षाको विधिहरू अपनाएर लकडाउन खुुकुुलो पारियोस् । यो ठाउँमा ध्यान दिनुपर्ने विषय हो । यो प्रदर्शनीमा कुुनै पनि राजनीतिक दलको नेता कार्यकर्ताहरूको उपस्थिति छैन । लकडाउनले सबै नागरिकहरू निराश छन् भन्ने सन्देश दिनु मात्रै यसको उद्देश्य हुनुपर्छ । बालुवाटारजस्तै काठमाडौंको न्यूरोड क्षेत्र पनि व्यवसायीको प्रदर्शनीको क्षेत्र भएको छ उनीहरूका माग छन्– पसल खोल्न पाइयोस् । काठमाडौंको न्यूरोडमा रन्जना व्यापार संघ र नेपाल व्यापार संघले व्यापार गर्न पाउनुपर्ने भन्दै यस्तो साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् जो जुनसुकैबेला थाम्न गाह्रो पर्ने हुन सक्तछ । खासगरी यतिबेला देशैभरि साना व्यवसायीहरु चुलोसमेत निभ्ने अवस्था भोगिरहेका छन् । न्यूरोड एउटा प्रतिकात्मक हुन सक्तछ । यस्तो प्रदर्शनी देशभरि नै भैरहेको अवस्था छ । सरकार सचेत भएन भने जुनसुकै बेला जे पनि हुन सक्तछ । सरकारले यस्तो किन भैरहेको छ भन्ने बुझ्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया