Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसामाजिक सुरक्षा योजनामा कमजोर सहभागिता

सामाजिक सुरक्षा योजनामा कमजोर सहभागिता


नेपाल राष्ट्र बैंकले गत यसै साता अर्थात् मंसिर २४ गते मंगलबार एउटा परिपत्र जारी ग¥यो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी एवं लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा राष्ट्र बैंकले उक्त परिपत्र जारी गरेको थियो । परिपत्र जारी गर्नको मूल कारण थियो । सरकारको योजनाअनुुसार बैंक तथा फाइनान्स कम्पनीहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउनुु । सरकारले वि.सं. २०७६ साउन १ गतेदेखि नै सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइसकेको छ । यो योजनामा अहिलेसम्म कुुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरु सहभागी भएका छैनन् । सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यविधि २०७५ मा भएको व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई योजनामा सहभागी हुुन उक्त निर्देशनमा आग्रह गरिएको थियो ।

अहिले नेपालमा सबै किसिमका गरी एक सय ६३ वटा बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका छन् । यो संख्या भनेको पछिल्लो ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएर एकीकृत कारोबार गरेपश्चात्को हो । जसमध्ये २८ वटा वाणिज्य बैंक, २५ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । यीमध्ये ठूला भनिएका वाणिज्य बैंकहरुको देशभर तीन हजार नौ सय ३५, विकास बैंकहरुको एक हजार सात सय ७५ र फाइनान्स कम्पनीहरुको दुुई सय २० वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यसैगरी लघुुवित्त वित्तीय संस्थाहरुको पनि तीन हजार सात सय ५३ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । सोही आधारमा पनि यो क्षेत्रमा लाखौं जनशक्तिले प्रत्यक्षरुपमा काम गरिरहेको देखिन्छ ।

यो अवस्थमा बैंक तथा फाइनान्स कम्पनीहरु सामाजिक सुरक्षा योजनामा सहभागी नहुुनुु राम्रो होइन । वित्तीय क्षेत्रलाई सबैभन्दा पारदर्शी र संस्थागित सुशासन बलियो भएको क्षेत्रको रुपमा लिने गरिएको छ । त्यही कारण पनि आम जनताले बैंक तथा वित्तीय संस्थाहरुलाई यति धेरै विश्वास गरेर आफूले दुुखजिलो गरेर कमाएको रकम बैंक तथा फाइनान्स कम्पनीहरुमा जम्मा गर्ने गरेका हुुन् । आम सर्वसाधारणको यो विश्वासलाई कायम गर्नको लागि बैंक तथा फाइनान्स कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च हुुनुुपर्छ । मनोबल उच्च भएको खण्डमा मात्र त्यो कर्मचारी आफ्नो संस्था र ग्राहकप्रति जिम्मेवार बन्न सक्छ । संस्था र ग्राहकप्रतिको यो इमानदारितालाई जोगाइराख्नको लागि पनि बैंक तथा फाइनान्स कम्पनीहरु सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी हुुनुुपर्छ । विगतमा केही संस्थाका कर्मचारी तथा व्यवस्थापन प्रमुखहरु संस्था र आफ्ना ग्राहकप्रति इमानदार नहुुँदा बैंकिङ कसुरजन्य घटना बढेको देखेका छौं । फेरि अवस्था आउन नदिनको लागि एउटा कदम हो, सामाजिक सुरक्षा योजनामा सहभागिता । यो कदमबाट बैंक तथा फाइनान्स कम्पनीहरु कदापि पछाडि हट्नुुहुँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया