Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोना : संंक्रमण घटेको कि परीक्षण ?

कोरोना : संंक्रमण घटेको कि परीक्षण ?


सरकारले दिएको पछिल्लो विवरणअनुसार नेपालमा कोरोनाको संक्रमणको अवस्था घट्दै गएको भन्नुपर्छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ४१ जनाको परीक्षणमा एक सय एक सय ५७ जनामा मात्र कोरोना देखिएको अवस्था वास्तवमा नै सकारात्मक हो । यसको दुई दिनअघिका दुई दिनमा एक सय ६७ र एक सय एक जनामा कोरोना देखिएको थियो । यो भनेको करिब–करिब घट्दै गएको अवस्था हो । संसारभरि जहाँ संक्रमण घट्दै गएको छ ती ठाउँँमा यसरी नै संख्या घटेका विगत छन् । तर कतिपय ठाउँमा भने घटेजस्तो देखिएर फेरि ह्वात्तै बढेका पनि छन् । बढेका ठाउँमा पहिले घटेको देखिनु न्यून परीक्षण भएको बाट त्यस्तो देखिएको थियो । नेपालको यो घट्ने क्रम कस्तो हो ? अझै स्पष्ट भैसकेको छैन ।

नेपालमा परीक्षणको सन्दर्भ गम्भीररूपले उठ्ने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँले १५ असारदेखि दिनको १५ हजारका दरले परीक्षण गर्ने भनको थियो । तर यता परीक्षण भने दिनैपिच्छे घटेर गैरहेको छ । संक्रमितको संख्या घट्नुमा मन्त्रालयको भनाइ छ, आशंका गरिएका व्यक्ति नै घट्दै गएर परीक्षण घटेको हो । विवरणअनुसार संक्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय संक्रमण रहने दुवैको जम्मा संख्या १७ हजार पाँच सय दुई पुगेको छ ।

अर्को विवरणअनुसार यतिबेला क्वारेन्टाइनमा २३ हजार दुई सय ७५ को संख्या छ । आइसोलेसनमा रहेका संक्रमित व्यक्तिको संख्या पाँच हजार आठ सय २५ छ । कोभिड १९ बाट संक्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ । डिस्चार्ज हुनेको संख्या ११ हजार छ सय ३७ (६६.१२ प्रतिशत) छ  । यो भनेको उपचार गराइरहेकाहरूको भन्दा निको भएर जानेहरूको संख्या बढी भयो । यो पनि राम्रो संकेत हो । क्वारेण्टाइन, आइसोलेसन र उपचारका ठाउँहरू विवादमा आइरहेका छन् । यस्तो बेला उपचारबाट निको भएर फर्किनेको संख्या बढ्नुलाई सुधार भएको भन्नु पर्छ । यो बेलासम्म ४० जनाको दुःखद निधन भएको विवरण छ । यसमा जीवन गएकाहरूमा बढी युवा छन् ।

छिमेकी देशमा अझै पनि संक्रमणको विस्तार भैरहेको छ । नेपालमा कोरोनाको स्रोतमध्ये एउटा भारत पनि हो । त्यहाँबाट आउनेको व्यवस्थापन गर्न नसक्ता नै खासगरी सीमाक्षेत्र र तिनको सम्पर्कमा आउने जिल्लाहरूमा कोरोनाको संक्रमण अनियन्त्रितरूपले नै विस्तार भएको हो । त्यसबेला परीक्षण नभई संख्यामा कमी भएसँगै नेपालमा केरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । तर त्यसबेला जो उताबाट आउनेको ठूलो संख्या थियो तिनको सही व्यवस्थापन गर्न नसकिँदाको अवस्थामा बिनापरीक्षण नै उनीहरू गाउँ–गाउँ पुगे । त्यसको जोखिम कसरी निराकरण गर्ने हो भन्ने प्रश्न गम्भीर छ । अहिले पनि विज्ञहरू संक्रमण विस्तार हुन रोकिएको भन्दा परीक्षण गर्ने मान्छे घटेका भनी सरकारले भनेकालाई आपत्ति मानिरहेका छन् । यो भनेको सरकारको विश्वसनीयता घटेको अवस्था हो । सरकारको ध्यान जानुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया