सरकारले १ सय २० दिनपछि लकडाउन खोल्यो । समयको हिसाबले यो लामो थियो । संसारभरि नै यो समयलाई लामो रहेको सूचीमा राखिएको पाइन्छ । छिमेकी देश भारतमै पनि नेपालभन्दा पछि लकडाउन भयो र नेपालभन्दा अघि नै खुल्यो । यद्यपि भारतमा संक्रमणको विस्तार रोकिएको छैन । संक्रमण बढिरहेकै बेलामा लकडाउन खोलिएको हो । खोलिएपछि त्यहाँ विस्तार झनै बढ्यो । यसको अर्थ नेपालमा लकडाउन अझै बढाउनुपर्ने थियो भनिएको होइन । तर अवस्थाको अवलोकन के–कसरी भयो भन्ने प्रश्न भने व्यापकरूपले उठेको छ ।
नेपालमा लकडाउन गरिँदा जम्मा दुई जना मात्र संक्रमित थिए । एउटा संक्रमणबाट अर्को संख्या थपिँदाको समय पूरै दुई महिनाको अन्तर थियो । नेपालमा पहिलो संक्रमित माघ १० मा देखिएको हो भने दोस्रो चैत्र १० मा । यसरी दोस्रो व्यक्तिमा संक्रमण देखिएपछि लकडाउनको घोषणा भयो । त्यसबेला संक्रमणको जोखिम रहेको जिल्ला वा ठाउँ एउटा राजधानी मात्र थियो । लकडाउन हटाइँदा जिल्लाकै यो संख्या बढेर ७७ मै पुग्यो भने संक्रमितको संखय २० हजारको हाराहारीमा छ । प्रत्येक दिनको संख्या पनि तीन÷चार सयको नै रह्यो । यस्तो बेलामा लकडाउन हटाउने तर्कका पछाडि कारण के होला भनी आम तहमा प्रश्न उठ्नु स्वाभाविक नै हो ।
सरकारले उत्तर दिन नसकेको ठाउँ पनि यही हो । सरकार आफैँले गरेको घोषणाअनुसार परीक्षणको दायरा पनि बढाएको छैन । प्रधानमन्त्रीले गएको जेठमा त्यही महिनाभित्र परीक्षण २ प्रतिशत जनसंख्यामा पु¥याउने दाबी गरेका थिए । तर त्यसको पूरै दुई महिना बित्दा बल्ल १ प्रतिशतमा पुगेको छ । त्यही महिनामा स्वास्थ्यमन्त्रील दिनको १० देखि १५ हजारको बीचमा परीक्षण हुने वा गरिने भनी संसद्मा नै घोषणा गरेका थिए । त्यो पनि डेढ महिनासम्म पूरा भएन । लकडाउन हटाइएको दिनको परीक्षण संख्या चार हजाको हाराहारीमा थियो । त्यसै दिन मुत्युदर बढेर गयो । यो बेलासम्म एकैदिनमा दुईजनाको मृत्यु पहिलो घटना हो । न जिल्ला घटेको छ, न परीक्षण बढेको छ र न संक्रमणको दर घटेको छ । यी सबै संक्रमण विस्तारका लागि अनुकूल वातावरण हुन् । यस्तो बेला सरकारले लकडाउन खोल्दा नागरिलाई आश्वस्त पार्नु पर्छ । यसको अर्थ लकडाउन खोल्नु हुँदैनथियो भन्ने नलागोस् ।
तयारी भएर मात्र लकडाउन खोलिएका उदाहरणमा पर्छ युरोप । ती देशमा परेको खण्डमा सबै कुरा गर्नसक्ने तयारी भएर मात्र लकडाउन खोलिएको थियो, जसले संक्रमणको वृद्धि हुन पाएन । जस्तो जर्मनीले छिटो पहिचान र कन्ट्र्याक्ट टे«सिङको तयारी पूरा गरेर मात्र लकडाउन खोलेर सफल भयो । न्यूजिल्याण्डदेखिका सबै देश यसका उदाहरण छन् । यो तयारीबिना लकडाउन खोल्दा पछुताउनुपर्ने हुनसक्छ भन्ने नेपाली विज्ञको पनि भनाइ हो । यसलाई अन्यथा लिन हुँदैन । बरु सुझावका रूपमा लिए हुन्छ । सरकार कार्यक्रमविहीन छ भन्ने अर्थ लागेमा मानिसको मनोबल घट्छ अर्थात् अत्तालिने अवस्था आउन सक्छ ।
यतिबेलाको अवस्था त कस्तो छ भने स्वास्थ्य मन्त्रालयले उच्च जोखिमकै बीचमा लडकडाउन खोलिएको जनाइरहेको छ । जोखिम अझै धेरै छ, विश्वका धेरै देशहरूले यस्तै अवस्थामा त्रुटि गर्नाले धेरै जनधनको क्षति बेहोर्नुपरेको हामीले देखेका, पढेका र सुनेका छौँ । हाम्रो व्यवहार समुचित हुन सकेन भने खुला स्थितिले हामीकहाँ जोखिम निम्त्याउन सक्छ भन्ने कुरा निश्चित छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
- दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध
- सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री
- बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
- नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
- ओहोदाको प्रमाणपत्र प्रस्तुत
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
- बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया