Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआफ्नो सुरक्षा आफैँ गरौँ

आफ्नो सुरक्षा आफैँ गरौँ


नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने कार्यक्रम सुरु गरेका थिए । अहिलेसम्म पनि नेकपाले त्यही नारा अघि सारेर जनतासँग मत माग्दै आएको छ र पछिल्लोपटक झण्डै दुुई तिहाइ बहुमत स्थानमा विजय हासिल गरेर सरकार सञ्चालन गरिरहेको छ । उतिबेला धेरैजसो जिल्ला सदरमुकाममा मात्र मोटरबाटो रहेको थियो । कतिपय जिल्लामा त जिल्ला सदरमुुकामसम्म पनि मोटरबाटो पुुगेका थिए । त्यतिबेला आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने नारा दिएर गाउँ–गाउँमा मोटरबाटो खन्न थाल्नुु चानचुुने कुरो थिएन र त्यो अभियानले जनताको मन छोएको थियो । कार्यक्रम जनताबीच अत्यन्त लोकप्रिय बनेको थियो । अहिलेसम्म पनि त्यही लोकप्रिय कार्यक्रमको ब्याज खाने गरिएको छ । त्यही लगानीको कारण अहिले नेकपाको सरकार झण्डै दुई तिहाइ बमहुमतको समर्थनमा रहेको छ । यस्तो शक्तिशाली सरकार भएको बेला कुनै पनि निर्णय गर्न कुनै रोकतोक हुुँदैन । तर परिस्थिति बदलियो ।

विश्वभर फैलिएको कोरोना महामारीले नेपाल पनि थला पर्न थालेको छ । घुुँडा मारिसकेको छ । त्यो संंकटको बेला यति शक्तिशाली सरकार जनस्वास्थ्यप्रति त्यति उत्तरदायी रुपमा प्रस्तुुत हुन सकिरहेको छैन । लामो समयसम्म विश्वबजार कोरोनाबाट ग्रसित हुुँदा नेपाललाई परेको असरबाट सरकारलाई दैनिक खर्च धान्न पनि मुुस्किल हुँदै गएको छ । तर त्यही बाध्यताका कारण सरकारले एक सय २० दिन लामो लकडाउन खोलेको छ । जबकि लकडाउन लगाउँदा भन्दा लकडाउन अन्त्य गर्दाको अवस्थामा कोरोना संक्रमितको दैनिक संख्या एकदम बढिरहेको छ । यस्तो अवस्थामा सधैँ घरभित्र निस्सासिएर बसेका नागरिकलाई लकडाउन खोलेर सडकमा आउन दिँदा उनीहरुले नराम्रो मानेका पनि छैनन् । तर आज पनि विश्वमा कोरोनाबाट संक्रमित हुुने संख्याले नयाँ रेकर्ड बनाएको छ । यस्तो अवस्थामा सरकारले लकडाउन खोल्दैमा कोरोनाको जोखिम हटेको भन्न र ठान्न हुुँदैन ।

हाम्रो देशमा पनि कोरोना संक्रमण समुुदायमा फैलिँदा सप्तरी र वीरगञ्जमा कर्फ्यु लगाउनुपरेको छ । यस्तो दुुर्भाग्यपूर्ण अवस्थामा राजधानीलगायत अन्य क्षेत्रमा पनि फैलियो भने त्यतिबेला सरकारले केही गर्न सक्ने अवस्था रहँदैन । यसअघि भारतबाट फर्केका नेपालीहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न नसक्दा महामारी व्यापक भएको थियो । अहिले त्यो क्रम केही मत्थर भएको छ तर आलोचकहरुले परीक्षणको दायरा घटाएकाले संक्रमितहरुको संख्या घटेको आरोप लगाएका छन् भने सरकारले चाहिँ दक्षिण एसियामा नै नेपालको परीक्षण दर उच्च रहेको प्रचारबाजी गरिरहेको छ ।

यस्ता परस्परविरोधी दाउपेचका तर्क कुुतर्क प्रवाह गरिए पनि कोरोना संक्रमण नरोकिएको यथार्थ हामीसामुु छर्लंग रहेको छ । सरकारले यसमा सक्नेजति गरेकै होला र नगरेको चाहिँ नसकेर होला पनि । यस्तो विषम परिस्थितिमा नागरिकले आफ्नो सुरक्षाप्रति सजग हुुनुुपर्ने बेला आएको छ । आफ्नो गाउँ आफैँ बनाऔँ भनेको सरकारको आधार भत्किएर अहिले आफ्नो सुरक्षा आफैँ गरौँ भन्ने अवस्था सिर्जना भएको छ । तर यो अवस्था नेपालजस्तो अविकसित मुुलुकको मात्र होइन, विश्वका समृद्ध मुुलुकहरुको पनि यही दुरवस्था रहेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया