Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रहरीमा काज सरुवाको खेती

प्रहरीमा काज सरुवाको खेती


नेतृत्व गलत मान्छेको हातमा पुग्यो भने के हुन्छ, के हुँदैन भन्ने नै हुँदोरहेनछ र जे पनि हुँदोरहेछ भन्ने कुराको पछिल्लो उदाहरण नेपाल प्रहरी बनेको छ । नेपाल प्रहरीको महानिरीक्षक रहेका सर्वेन्द्रनाथ खनाल कुरा गर्दा सुशासनकै कुरा गर्दछन् । तर, उनको व्यवहारमा सुशासन भेटिँदैन । उनी आफैं अन्तरमुखी स्वाभावका छन् र उनका काम पनि पारदर्शी छैनन् । मुखले जतिसुकै आदर्शका ठूला कुरा हाँके पनि शंकास्पद व्यक्तिहरूसँगको सम्बन्धले उनलाई आर्थिकरूपमा इमानदार भन्ने ठाउँ पनि छाडेको छैन ।

त्यसो त नेपाल प्रहरीका यसअघिका महानिरीक्षकहरूमध्ये केही त अहिले नै भष्टाचारको मुद्दामा जेलको कोठरीमा बन्दी जीवन बिताइरहेका छन् र उनलाई पनि त्यस्तै होस् भन्न पनि सकिँदैन । तर, जागीरबाट बिदा हुने दिन नजिकिँदै गएका आईजीपी खनालको क्रियाकलाप पनि पहिलेका आईजीपीभन्दा पनि अपारदर्शी र शंकास्पद दखिनुचाहिँ त्यति राम्रो संकेत होइन । कमसेकम उनले आफ्ना पूर्वजहरूलाई हेरेर सुधारिन सक्नुपर्छ । उनले त्यो मौकाको सदुपयोग समेत गर्न चाहेको देखिँदैन ।

उनीमाथि इन्काउन्टरको नाममा पटक–पटक व्यक्ति हत्या गरेको आरोप लागेको छ र त्यसमा राष्ट्रिय मानव अधिकार आयोगले उनीमाथि कारबाहीको लागि सरकारलाई सिफारिस नै गरिसकेको छ । त्यसबाट उम्कन जतिसुकै कोशिश गरे पनि अब सम्भव देखिँदैन । यसका अलावा उनले गरेको भष्टाचारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । योसँगै गलत धन्दावालहरूसँग उनको सहकार्य र सम्बधका बारे पनि बेलाबखत समाचार प्रकाशमा आएका छन् र त्यसलाई पनि आईजीपी खनालले खण्डन गरेका छैनन् । सरल, स्पट र पारदर्शी हुन नसक्नु उनको बेइमानीको लक्षण हो । उनले अहिलेसम्म कति प्रहरीलाई काजमा खटाएका छन्, त्यो तथ्याङ्क आईजीपी खनाल सार्वजनिक गराउन चाहँदैनन् ।

सरुवा गरेको भोलिपल्टै आफ्नो गुडुबुकमा रहेका व्यक्तिलाई व्यवहार मिलाउने काममा आफैँ खटाउने गरेका छन् । त्यस्तो काज सरुवा पनि उनको नै हुँदोरहेछ । होइन भने विनासित्तिमा रहेछ । नत्र एकातिर दरबन्दी कायम भएर सरुवा गरिएको व्याक्तिलाई अर्कोतिर काजमा खटाइने पनि थिएन । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेको हो रहेछ । सामान खरिद र ठेक्कापट्टामा मात्र होइन मन मिलेकाहरूलाई व्यवहार मिलाउन काज सरुवा गर्दा कसैले प्रश्न पनि उठाउन सक्ने रहेनछन् । अरु प्रक्रियागतका कमिशनका कुरै भएनन् । अवकाशको दिन नजिक आइसक्दा पनि उनले काज सरुवा गरेपछि उनको नियतमाथि प्रश्न उठेको हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया