Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाविशेष अस्पतालको खाँचो

कोरोनाविशेष अस्पतालको खाँचो


काठमाडौं,भदौ ५
कोभिड १९ अर्थात् कोराना भाइरसको प्रकोप विश्वव्यापी महामारी हो । त्यसकारण यसका अनुभव, उपचारपद्धति, उपलब्धि र निर्देशिकाहरू समानरूपका छन् । सामान्यरूपमा अरुले जे अभ्यास गरेका छन्, त्यसको अनुकरण मात्र गरे हुन्छ, औषधोपचार र रोकथामका लागि ।

हो, अनुसन्धान त गर्नुपर्छ नै तर कुनै नयाँ उपलब्धि प्राप्त नहुउन्जेल संसारका जुनसुकै भू–भागमा जुनसुकै प्रकारले यसको उपचार र रोकथामका प्रयास गरिएको छ त्यही पद्धतिलाई मात्रै अवलम्बन गरियो भने पनि एकप्रकारले तत्कालका लागि ठूलो प्राप्ति हुन सक्तछ । हुत त कतिपय त्यस्ता साझा विषयको अवलम्बन पनि भइरहेका छन् ।

लकडाउन संसारले अपनाएको साझा पद्धति हो । यो सबैका लागि अनुकरणीय बनेको छ । त्यसभित्र कसैले लकडानउन नै नगरी पनि परीक्षणको दायरालाई बढाएर र मानिसबीचमा व्यापक जनचेतना जगाएर पनि रोकथाम गरेका छन् । यीमध्ये जस्ता विधि अपनाए पनि हुन्छ तर यस्तो अनुकरण गर्दा जुन सकारात्क पक्षलाई जोड दिने अनि नकारात्मक पक्षहरूलाई छोड्दै जान जरुरी छ ।

यो सन्दर्भ उठाउन खोजिएको विषय हो, सरकारले हालै गरेको एउटा निर्णय जस्ताको तस्तै कार्यान्वयन भयो भने त्यसबाट उब्जने भयावह अवस्थाको । हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको बढदो संख्यालाई ध्यानमा राखेर उपचार पद्धतिलाई विस्तार गर्ने सन्दर्भमा एउटा निर्णय ग¥यो । यो गएको २६ साउनको कुरा हो । त्यस दिन सरकारले निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत ठाउँ कोभिड–१९ का बिरामीका लागि छुट्ट्याउन निर्देशन दियो । यो निर्णयसँगै सरकारको भनाइ आयो, उपचाररत कुनै बिरामीमा कोरोना संक्रमण देखिएमा मन्त्रालयको निर्देशनबिना अन्यत्र रिफर नगर्नू ।

हेर्दा यो निर्णय राम्रो देखिन्छ । यो निर्णय कार्यान्वयन हुँदा जहाँसुकैका अस्पतालले पनि यो प्रतिशत कोरोनाका लागि राख्नैपर्ने भयो अर्थात् यो प्रतिशतका कोरोना संक्रमितहरू जुनसुकै अस्पतालमा रहने भए । तर यस्तो निर्णयले कोरोना भाइरस संक्रमणमा नियन्त्रण आउने हो कि विस्तारमा मदत गर्ने हो भन्ने विचार पु¥याएको पाइएन ।

यो निर्णयले नयाँ संक्रमितका अस्पतालहरूमा बेड त बढाउला तर यो २० प्रतिशतले त्यो अस्पतालको पूरै भागलाई संक्रमित पा¥यो भने के गर्ने भन्ने आफैँ एउटा चिन्ताको विषय हो । विज्ञहरूले यसमा गम्भीर आपत्ति जनाएका छन् तर सरकारले भने त्यसलाई सच्याएको छैन । कोभिडका लागि अलग्गै प्रकारको अस्पताल विज्ञका सुझाव छन् । हालकै कुनै अस्पताललाई त्यो प्रयोजनका लागि मात्र प्रयोग गर्न पनि सकिन्छ । त्यसो नगरिए स्थिति भयावह हुन सक्छ ।

सरकारले यतिबेला गर्न खोजेको अभ्यासले इटालीमा स्थिति भयावह भएको थियो । त्यो देशमा सबै अस्पतालमा कोरोना र अन्य बिरामी एउटै अस्पतालमा राखिएका थिए । जसका कारण अस्पतालका सबै बिरामीमा कोरोना संक्रमण भएको थियो । कोरोना भाइरसको सरुवा प्रकृति नै त्यस्तो भएका कारण यसलाई अलग्गै प्रकारले व्यवहार गर्न मापदण्ड नै बनाइएको छ र सरकार आफैँ पनि त्यस्तो मापदण्ड पालना गराउन प्रतिबद्ध रहेको हुनुपर्छ । सरकार कोरोना फैलिने वातावरण निर्माण हुन नदिन सतर्क छ भने त्यसको व्यवस्थापन पनि त्यही रूपले हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया