Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयठेकेदारलाई मन्त्रीको चेतावनी देखाउनलाई मात्र नहोस्

ठेकेदारलाई मन्त्रीको चेतावनी देखाउनलाई मात्र नहोस्


देशमा जे–जस्ता नीति र कार्यक्रम बन्छन् र त्यसबाट जस्तो प्रतिफल आउने अपेक्षा गरिएको हुन्छ परिणामतः नतिजा भने सधैँ नकारात्कम अर्थात् अपूरो नै देखिन्छन् । यो एउटा निरन्तर चलिरहने चक्रजस्तै भइरहेको छ । प्रत्येक वर्ष ठूला–ठूला परिवर्तनका अपेक्षा गरिन्छ तर स्थिति जहाँको त्यहीँ छ । नीतिमा प्राथमिकतामा परेर लगानी भएका धेरै कामहरू अधुरा छन् । कागजी विकासको बोलवाला कहिलेसम्म चलिरहने भन्ने प्रश्न उठेको अवस्थामा खासगरी सडकमा परिवर्तन गर्न खोजिएको कुरा कार्यान्वयन भयो भने यो पनि एउटा राम्रो थालनी मान्नुपर्छ ।

पछिल्लो समय खासगरी विकास निर्माणको अवस्था देखाउने मन्त्रालयका मन्त्रीले सडकका ठेक्केदारलाई समयमै काम गर भनेर सम्झाउने, बुझाउने काम भइसको र अझ पनि हुन्छ भनेर टार्ने मात्र काम गरेको देखिएको अवस्थामा नछाडिने भन्ने कडारूपको चेतावनी दिएका विवरणहरू आए । पछिल्लो समयमा हेर्ने हो भने ठेकेदारकै कारण सरकार बदनाम हुँदै आएका छन् ।

उदाहरणका लागि कृषि मललाई नै लिन सकिन्छ । सरकारले मल चाहिन्छ भनी समयमा नै सम्पूर्ण बन्दोबस्ती ग¥यो । पुस महिनामा नै ठेक्का लगायो । असारमा मल आइपुग्नुपर्ने मल भदौसम्म पनि नआएपछि एकातिर किसानलाई समस्यामा पा¥यो भने अर्कातिर सरकारको बदनामी गरायो । यसबीचमा ताकेता के–कस्तो भयो ती आफ्नो ठाउँमा छन् । त्यस्ता ताकेताहरू देखिने कुरा पनि भएन । कुरा देखिने ठाउँ परिणाम नै हो, जो भनेअनुसारको हुन सकेन । यसको कारण सरकारको अव्यवस्था नै हो भन्ने धारणा आम नागरिकमा उत्पन्न भयो । यसैकारण भौतिक योजना मन्त्रीले सडकको ठेक्का क्रोनिक बनाएर अलपत्र छाड्नेमाथि कारबाही हुन्छ भनी दिएको चेतावनी कार्यान्वन होस् ।

यो चेतावनी सडक र पुल निर्माणको ठेक्का लिएर काम अलपत्र अवस्थामा छाड्ने ठेकेदारको सन्दर्भ हो । यस्ता ठेकेदारमाथि मन्त्रीको समेत केही नचलेका विगतका उदाहरण छन् । स्थिर भनिएको सरकारको यो अढाइ वर्षको समयमा खासगरी विकास निर्माणको गति पुरानै गतिमा रह्यो । यस्तै काम नगर्ने ठेकेदारलाई ठीक पार्ने काम सरकार गठन भएलगत्तै सुरु गरिएको काम थियो । त्यसबेला कतिपय ठेकेदार त पक्राउ पनि परेका हुन् । तिनलाई छुटाउने पनि फेरि मन्त्री नै थिए ।

कारबाही गर्ने पनि सरकार तिनलाई छुटाउने पनि सरकार । यस्तो भएपछि कसैले टेर्ने कुरा पनि भएन । अहिलेका मन्त्रीले पनि जोसुकैमाथि चाँडै कारबाही प्रक्रिया अगाडि बढ्नेछ भनेर भनेका छन् । यो भनाइपछि कतिपय ठेकेदार शक्तिको खेलमा लागिसकेका छन् भन्ने कुरा पनि आउन थालेको छ । राजनीतिक आस्था तथा नेताहरूको नजिक भएकै आधारमा काम अलपत्र पार्नेहरूप्रति कुनै शक्ति पनि नरम नहुनु अबको खाँचो हो । यो चेतावनी कति पानीबाट आएको रहेछ भन्ने कुराको नतिजा हेर्न भने बाँकी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया