Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदुई तिहाइ बहुमतको स्खलन

दुई तिहाइ बहुमतको स्खलन


गत मंंगलबार समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । त्यस पार्टीबाट सरकारमा मन्त्री बनेका व्याक्तिले राजीनामा दिए । अघिल्लो दिन बसेको मन्त्रिपरिषद्को बैठकमा कानुन मन्त्री समेत रहेका त्यस पार्टीबाट उपप्रधानमन्त्री बनेका उपेन्द्र यादवले संविधान संशोधनको कार्यविधि तयार गर्न विज्ञ समूह गठन गर्ने प्रस्ताव गरेका थिए तर दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेपछि भोलिपल्ट नेकपाको सरकारलाई दुई तिहाइको बहुमत पु-याइदिने समाजवादी पार्टीले सरकारबाट बाहिरिएर नेकपाको सरकारले पाएको दुई तिहाइको बहुमत स्खलित बनाइदिएको हो ।

नेकपाको सरकारलार्ई दुई तिहाइ बहुमत पु-याइदिनुअघि तत्कालीन नेकपा एमाले नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको थियो र त्यसमा संविधान संशोधन गर्ने कुरा नै प्रमुख थियो । तर, प्रधानमन्त्री केपी ओलीले दुई तिहाइ बहुमत पाएपछि संविधान संशोधनको सहमतिलाई लतारेर लगे ।संशोधनको कुरै उठाएनन्, बरु मन्त्रिपरिषद् पुनर्गठनमा सरकारलाई दुई तिहाइ पु-याइदिने हालको समाजवादी पार्टीलाई सोधनी नै नगरी मन्त्रालय परिर्वतन गरेर होच्याउने काम पनि गरे ।

यति मात्र होइन कि राष्ट्रिय सभाको आगामी निर्वाचनमा सत्ता साझेदार समाजवादी पार्टीसँग कुरै नगरी सत्ताबाहिरको अर्को मधेशी पार्टी राष्ट्रिय जनता पार्टीसँग चुनावी तालमेल गरेर सत्ता साझेदार समाजवादी पार्टीलाई अपमानित गर्ने चिढ्याउने र होच्याउने काम गरेपछि समाजवादी पार्टीले पनि दुई तिहाइको सरकारको नाडीमा समातेर समर्थन फिर्ता लिएको हो ।

सरकारले दुई तिहाइको बहुमत पाउँदा पनि जनता र प्रजातन्त्रको पक्षमा खरो उत्रिएर काम गरेको थिएन । जनता र प्रजातन्त्र दुवैलाई ताछ्ने काम गरेको थियो । जनता र लोकतन्त्रको जति नै वकालत गरे पनि आफ्नो र साम्यवादको पक्षमा मात्रै काम गरेको थियो । तर, यसलाई पटाक्षप गर्ने आँट कसैले गरेका थिएनन्, मैमत्त हुँदै जाँदा सत्ताका विपक्षीसँग मिलेर सत्ता साझेदारलाई नै खुइल्याउने नीति लिएपछि समाजवादीले दुई तिहाइलाई स्खलित बनाइदिएको हो । यसमा अन्य हर्कत देख्नु दृष्टिदोष मात्रै हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया