Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनैतिकताको साख जोगाउने हो भने राजीनामा देऊ गृहमन्त्री, भङ्ग गर सुशासन समिति

नैतिकताको साख जोगाउने हो भने राजीनामा देऊ गृहमन्त्री, भङ्ग गर सुशासन समिति


राज्य व्यवस्था करले सञ्चालन हुन्छन् यो कुरा अहिले मात्र नभएर प्राचीन इजिप्टमा इसापूर्व ३०००–२८०० देखि प्रमाणित हुँदै आएको हो । त्यसैले गर्दा हाम्रो मुलुक पनि करले सञ्चालन हुँदै आएको छ भन्दा फरक नपार्ला । तर त्यही नागरिकले तिर्ने करबाट सेवाभोग गर्ने गृहमन्त्री रामबहादुर थापाले किशोरीहरू बलात्कृत हुँदा धेरै चिन्ता लिनु नपर्ने बताएका छन् ।

उनको उक्त हल्का अभिव्यक्तिलाई सुशासन कायम गर्न बसेको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति समेत मौन बसेर गृहमन्त्रीलाई साङ्केतिक समर्थन गरेकोे देखिन्छ । जसले गर्दा समितिका सदस्य र प्रहरी महानिरीक्षक शैलश थापाले सहमति जनाउनु भनेको बलात्कृत किशोरीहरूप्रति गैरजिम्मेवारीको पराकाष्ट हो ।

बलात्कृत किशोरीहरू यो देशका नागरिक हुन् । उनीहरूले अप्रत्यक्षरूपमा र उनका पारिवारिक सदस्यहरूले प्रत्यक्षरूपमा मुलुकलाई कर तिरेका छन् भने सोही कर गृहमन्त्रीको पकेटमा गएको छ । यही सत्यतााई बिर्सँदै गृहमन्त्री थापाले किशोरी बलात्कृत हुँदा धेरै चिन्ता लिनु नपर्ने सन्देश दिए भने त्यसलाई सुशासन समिति सदस्यले मौन समर्थन जनाए ।

उक्त अभिव्यक्ति दिइरहँदा उनले अन्तर्राष्ट्रियस्तरमा भएको बलात्कारको घटना तुलना गरेर अभिव्यक्त गरेको उक्त भनाइले समितिको छविमा असर पर्नुको साथै बलात्कारीलाई प्रेरणा मिलेको देखिन्छ । जसले गर्दा गृहमन्त्री थापाले बलात्कृत र उसको पारिवारिक सदस्यहरूको भावनामा चोट पु-याएका छन् ।

उनले अन्तर्राष्ट्रिय जगतलाई होइन आफ्नो समाजको वास्तविकतालाई बेवास्ता गरी समितिमा आफ्ना भनाइ राखे, जुन शत प्रतिशत गलत छ । उनको समिति वा सरकारको पहिलो प्राथमिकता भनेको शत प्रतिशत नेपाल र जुनसकै स्थानका नेपाली जनताको लागि हुनुपर्छ ।

केही दिनअघि बझाङकी १२ वर्षीया सम्झाना कामी र सप्तरीकी १७ वर्षीया संगीता मण्डलको सामूहिक बालत्कारपछि आत्महत्या तथा मुलुकमा दिनमा औसत सात जना बलात्कृत भइरहेको समयमा गृहमन्त्रीको उक्त अभिव्यक्ति समितिमा सार्वजनिक गरेका हुन् । अब यसरी किशोरीहरू बलात्कृत हुँदा सवा दुई सय देशहरूको अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति नभएको बताउने गहृमन्त्रीले किशोरीहरू बलात्कृत हुन्छन् चिन्ता गर्नु पर्दैन भन्न खोजेका हुन् ? स्वयंले राजीनामा र नागरिकलाई प्रश्न दिएका छन् । राजीनामा दिन्छन्÷दिँदैनन् उनको नैतिकता हो यदि सो भनाइलाई गल्ती मान्दै राजीनामा दिएमा उनको व्यक्तित्वमा कमी आउने छैन ।

उनी दक्षिण अफ्रिका र अमेरिकामा पनि यस्तो घटना घट्छ भन्दै नेपालमा बलात्कारी घटना घट्नु सामान्य भएको हो भन्छन् । यदि गृहमन्त्रीले यस्तो जघन्य अपराध रोक्न हामी हरसम्भव कोसिस गर्नेछौँ र अगामी दिनमा यस्तो घटना घट्दैन भनेको भए जनताले कस्तो अनुभव गर्थे उक्त विषय भने उनले जान्नु आवश्यकता छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया