Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयलोकसेवाको गलत सर्त अमान्यता

लोकसेवाको गलत सर्त अमान्यता


देशको सेवाका लागि प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने देशको एउटै मात्र निकाय लोकसेवा आयोगले पछिल्लो पटक गरेको एउटा व्यवस्था गम्भीर आपत्तिजनक छ । कुनै एउटा रोग लगेको अवस्थामा सम्बन्धितले यस्तो प्रतिस्पर्धाको अवसरबाट नै वञ्चित हुनुपर्नेजस्तो काम एउटा संवैधानिक निकायले गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले आम तहमा खडा भएको छ ।

आयोगले पछिल्लो पटक गरेको व्यवस्थामा कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने भन्ने व्यवस्था ग¥यो । यो पनि कोरोनाको महामारी चलिरहेको बेला । यता प्रतिस्पर्धामा आउन आह्वान गर्ने र त्यो आह्वानबमोजिम आउँदाआउँदै बाटैमा यस्तो संक्रमण भएमा त्यसलाई अवसरबाटै वञ्चित गर्नु भनेको सम्बन्धित व्यक्तिलाई संवैधानिक अधिकारबाट नै वञ्चित गर्ने कुरा हो । यसलाई आयोगले सर्तरहितरूपमा सच्याउनुपर्छ । त्यसो भएन भने कुनै पनि नगरिकमाथि राज्यले नै अन्याय गरेको अर्थ लाग्छ । आयोगको यस्तो निर्णयका कारण कुनै एउटा व्यक्तिले यस्तो अवसर गुमाउने स्थितिबन्नु भनेको सामान्य कुरा होइन ।

लोकसेवा आयोगको पछिल्लो पटक सार्वजनिक गरेको सूचनाअनुसार लोकसेवा खुलाइएकोमा त्यसको परीक्षा हुनेभयो । यो देशैभरिको अवस्था हो । तर त्यसमा सर्त राखियो कोभिड १९ संक्रमितहरूले यो परीक्षामा सहभागी हुन पाउने छैनन् । आयोगले परीक्षाको यस्तो मिति तोक्दाको क्षण देशमा कोभिड १९ संक्रमितहरूको सख्या धेरै नै उच्च थियो । एउटा त संक्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजान भनी सरकारले भनिरहेका बेला देशैभरि भिडभाड हुने प्रकृतिको काम हुन लागेको हो । यो सेवा पहिले वास्तवमा कोरोनाको संक्रमण अहिलेको हिसाबमा ज्यादै न्यून भएको बेला रोकिएको थियो ।

जतिबेला ठूला सहरमा चार जनामा एकजना यस्तो संक्रमित भएको हुनसक्ने भनी विज्ञहरूले अनुमान गरिरहेको बेला हजारौंको संख्या एक ठाउँमा भेला हुनेगरी यस्तो परीक्षाको कार्यक्रम तय भयो । यस्तो बेला यस्तो काम गर्न के कति उचित होला भनी सोच्नुपर्ने भन्ने सुझाव आइरहेका बेला संक्रमितले परीक्षा नै दिन नपाउने अर्थात् प्रतिस्पर्धा नै गर्न नपाउने भन्ने व्यवस्था हुनुले कोरोनाको कारण देखाएर प्रतिस्पर्धामै सीमितता ल्याउन खोजेको हो कि भन्ने आरोप लगेको छ भने सम्बन्धितको प्रतिस्पर्धामा सहभागी हुने अधिकार खोस्न लागिएको अवस्था देखियो जो विडम्बनायुक्त छ ।

हो, कोरोना संक्रमितले अरुलाई सार्न हुँदैन । आफूमा त्यस्तो संक्रमण छ भने उसले सूचना गर्नुपर्छ । उसको कर्तव्य भनेको यति हो । तर संक्रमित भएकै कारण प्रतिस्पर्धामा सामेल नै हुन नपाउने व्यवस्था प्रतिस्पर्धाको सिद्धान्तभित्र पर्दैन आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने भनी जनाएको अवस्थाले अधिकारमाथि प्रहर गर्न खोजेका छ ।

यो अवस्थामा त्यो व्यक्तिले संक्रमणमुक्त भएपछि प्रतिस्पर्धा अर्थात् त्यो परीक्षा दिन पाउने व्यवस्था गरिनुप-यो । त्यसो नहुँदो हो त अरु कुनै सुरक्षाको व्यवस्थाअन्तर्गत उसलाई पनि सहभागी गराउनु पर्छ । संक्रमित भएको भन्ने आधारमा मात्रै उसलाई राज्यको सोवबाट वञ्चित गर्नु अपराधजस्तै काम हुन्छ । ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया