Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसबै कोरोना अस्पताल, आपत्विपत्का उपचार कहाँ ?

सबै कोरोना अस्पताल, आपत्विपत्का उपचार कहाँ ?


संक्रमितहरूले अस्पतालमा बेडा पाउन छाडेपछि पछिल्लो समय सरकारले कोभिड उपचारका लागि भन्दै उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनायो । अब सामान्य उपचार अर्थात् कोभिडबाहेकका रोगका लागि कम्तीमा उपत्यकामा कुनै पनि अस्पताल उपलव्ध हुने छैनन् । यसमा जुन अस्पताललाई कोभिड बनाइयो एउटा मानेमा त्यसलाई ठीक भन्नुपर्छ ।

कोभिड र ननकोभिड बिरामी एकै ठाउँ हुँदा वा एकै ठाउँबाट तिनको उपचार गरिँदा रोग सेर्ने सम्भावना बढी थियो । कतिपय अवस्थामा त सारसउँदो रूपमा अस्पताल परिसरमा आफन्त लिएर गएको एउटा मान्छे कोरोना संक्रमित भएर फर्किएको भन्ने कुरा पनि आइसकेका थिए । त्यसैपनि पछिल्लो समय उपत्यकामा संक्रमणदर सोचेभन्दा र अनुमान गरिएभन्दा पनि धेरै माथि पुगेको अवस्था छ । यस्तो बेला साधारणभन्दा कोरोनाको उपचार गर्ने अस्पतालको खाँचो थियो नै । त्यसै कारण होला सरकारले थप कोभिड अस्पतालको व्यवस्था गरेको छ ।

सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउनका लागि तिनमा व्यवस्थापकीय सामग्रीहरूको पनि त्यसरी नै व्यवस्था गर्न लागेको अवस्था छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ताका अनुसार हाललाई स्वास्थ्यसेवा विभागसँग रहेका आईसीयू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारमा आवश्यक सामग्री उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गरिनेछ  । प्रवक्ताकै अनुसार कोभिड संक्रमणको अवस्था नियन्त्रित हुँदै गएपछि मात्र आकस्मिकबाहेकको नियमित शल्यक्रिया गर्न भनिएको छ, हाललाई स्वास्थ्य सेवा विभागसँग रहेका आईसीयू, भेन्टिलेटर, अक्सिजन आदि सघन उपचारमा आवश्यक सामग्री उपत्यकाका अस्पतालहरूमा केन्द्रित भएर व्यवस्थापन गरिनेछ ।

यो भनेको अबका दिनमा सरकारी अस्पताल कोभिड मात्र हुनेछन् । त्यसबाहेकको अवस्थामा चाहिँ कसरी उपचार हुने हो अहिलेसम्म बताइएको छैन । उपचारका क्रममा तत्कालको समस्या भनेको कोभिड नै हो । तर कोभिड आउन सक्ने अरु रोग बढदै गए भने कोभिडको उपचारलाई कस्तो प्रभाव पर्छ भन्ने अहिलेसम्म निरुत्तरित नै छ । पहिले सरकारले तोकेका अस्पतालमा मात्रै आइसोलेसन र भेन्टिलेटरसहितको व्यवस्था रहेकोमा अब सबैतिर यसको पहुँच बढ्नेछ नियमित उपचार सेवा प्रभावित हुँदा उब्जन सक्ने स्वस्थ्य संकटतर्फ भने सरकार कति सचेत छ भन्ने उत्तर पाइएको छैन ।

त्यसै पनि कोरोनाको संकट सुरु भएपछि नियमित उपचारमा आउनेहरूको संख्या ह्वात्तै घटेको थियो । यो सन्दर्भमा भनिन्थ्यो रोग घटेको हो कि दबेको । लामो समयसम्म अवस्था यस्तै रह्यो अब त कोभिड अस्पतालमा कोभिडबाहेक जाने स्थिति पनि हुँदैन । केही यस्ता रोगहरू हुन्छन् जो तत्काल उपचार गर्नुपर्ने हुन्छ । सरकारी अस्पतालमा नियमित डाइलासिस गरिरहेकाहरू अब कहाँ जाने भन्ने प्रश्न उठेको छ । सरकारले यसलाई प्रस्ट पार्न आवश्यक छ । त्यस्तै सबै प्रकारका शल्यक्रिया हाललाई रोक्न भनिएको छ । ब्रेन टयुमर, एपेन्डिसाइट, कतिपय अवस्थामा क्यान्स नै पनि यस्ता शल्यक्रिया हुन् जो तत्काल शल्यक्रिया नगरे ठूलो दुर्घटना हुन्छ ।

सरकारले यस्तो निर्णय गर्दा यस्ता कुराका बारे पनि सोचेको होला तर त्यसमा प्रस्ट नपारिएको हुँदा सर्वसाधारणमा अन्योल बढ्न गएको छ । यो पक्षमा कुरो के होभन्ने प्रस्ट हुनुपर्छ । यतिबेला सरकारले सबै अस्पताललाई कोराना अस्पताल बनाउने भनिए पनि बनाइसकिएको छैन । यस्तो बेला कुनै एउटा अस्पताललाई माथि उल्लेख भएका आपतकालीन सेवाका लागि राखिएको भए केही राहत हुने थियो । सरकारले यो पक्षबाट पनि सोचोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया