देशमा महामारी बढ्दै जाँदा सरकार भने झन्झन् यो अवस्थालाई सामान्य मानिरहेको छ । जसले महामारी फैलाउन आफैँ भूमिका निर्वाह गरिरहेको हो कि भन्ने अवस्था देखाइरहेको छ । यता सरकारी माध्यमहरूले संक्रमण विस्तारको अवस्था थेगिनसक्नु भएको भनी बारम्बार प्रतिक्रिया दिइरहेका बेला प्रत्येक पछिल्ला दिन उसका कार्यक्रमहरू हेर्दा यो महामारीले सरकारी कामलाई छुट दिएको जस्तो देखियो ।
गएको कात्तिकको अन्तिमतिर प्रधानमन्त्रीले नै एक दिनमा पाँचवटा आमसभा गरेको पाइयो । त्यसको हप्ता÷दश दिन बित्न नपाउँदै फेरि अर्को आमसभा सुरु भयो । त्यो आमसभामा सहभागी हुन कार्यकर्ता दुई दिनको बाटो हिँडेका समाचारहरू आए । यता सरकार आफैँ भिडभाडबाट जोगिन भन्छ र सरकारका प्रमुख भने जे–जे गर्दा भिडभाड बढ्छ त्यही गरिरहेको अवस्था छ । यसबाट प्रधानमन्त्री नै कोरोनाको संवाहक भइरहेका छन् हेलिकोप्टरमार्फत ।
प्रधानमन्त्रीको निवास संक्रमणको केन्द्र बनेको थियो एकताका । त्यो निवासमा भएजति सबै मान्छे संक्रमित भएका थिए । यसको अर्थ हो निवास नै सुरक्षित छैन । त्यस्तो बेला त्यही निवासका मान्छेलाई बोकेर प्रधानमन्त्री यसरी हेलिकोप्टर चढेर दुर्गमका गाउँ–गाउँ पुग्नु र आफ्नो शक्ति देखाउन भएजजि मान्छे भेला पारेर घण्टौँ लामा आमसभा गर्नु आफैँमा के कति उचित हो र ?
प्रधानमन्त्रीको अवस्था यस्तो छ । कोरोना भाइरसको संक्रमण फैलिने डरले संसारले शैक्षिक संस्थाहरू बन्द गरेका छन् तर नेपालमा भने धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिम बढ्दै गएका कारण नै गएको ५ चैत ०७६ मा देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गरिएका थिए । त्यसबेला देशमा एक जना मात्र संक्रमित देखिएका थिए तर आज बन्द रहेका यी शिक्षण संस्था खोल्ने निर्णय हुँदाको क्षणमा यस्ता संक्रमितको संख्या दुई लाखभन्दा बढी भइसकेको छ । पछिल्लो समयमा त प्रत्येक चार जनामा एक जना संक्रमित रहेको विवरणहरू आइरहेका छन् ।
यो हप्ताको प्रारम्भदेखि देशका अधिकांश प्रदेशका विद्यालयहरू खोलिए । विद्यालयहरूले भौतिक दूरी कायम गर्दै खोल्ने भनिएको छ । प्रधानमन्त्रीको आमसभामा भौतिक दूरीको जस्तो हविगत देखियो एउटा स्कुलमा त्योभन्दा भिन्न हुने अनुमान गर्न सकिन्न । हुम्लाजस्ता दुर्गम जिल्लामा सामूहिक बसोबास अर्थात् छात्रावासमा नै कोरोना देखिएर कस्तो विचल्लीको अवस्था आयो भन्ने कुरालाई नजरअन्दाज गरिनु कति जोखिमयुक्त हो भन्ने आफैँ बुझनुपर्ने कुरा हो । बालबालिकाको चञ्चल स्वभावले नै अपेक्षा गरिएको भौतिक दूरी कायम हुन सम्भव देखिँदैन ।
यो विद्यालयको कुरा भयो । यतिबेला नै सत्तारुढ दलले देशभरि आफ्ना कार्यकर्ता भेलाको आयोजना गर्न लागेको छ । त्यस्तो गर्ने पनि यो बेला हो कि होइन भन्ने प्रश्न बनेको छ । यस्तै भेलामा चितवन र सुर्खेतमा भौतिक भिडन्त नै हुनेगरी शक्ति प्रदर्शन समेत भयो । यस्ता कुरा बढ्दै गए भने र सर्वसाधारणले सत्ताको यो जमघटलाई अनुकरण गर्न थाले भने अवस्था के होला ? यता समूहबाट टाढा रहन भनिरहने र उता आफूले समूह निर्माण गर्ने काम गरिरहने हो भने यसपछिको कोरोना विस्तारको संख्या सरकारले नै बढाएको भनी किन नभन्ने ? यतिबेला सरकारी कामले के देखायो भने कोरोना सरकारको राजनीतिक अभीष्ट बन्दै छ । यो संख्या जति बढ्यो सरकारले यसलाई आफ्नो शासनलाई सजिलो बनाउने माध्यम मानेको भन्ने सन्देश गयो भने सरकारकै लागि पनि यो राम्रो हुँदैन । समयमा नै चेत आओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सभामुखद्वारा सञ्चारकर्मीहरूलाई शुभकामना व्यक्त
- आइतबारदेखि मात्र मौसममा सुधार हुने
- चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ: उपाध्यक्ष पौडेल
- महिला सशक्तीकरणका लागि सबैको हातेमालो आवश्यक छ : प्रधानमन्त्री
- सभामुख नेतृत्वको दस सदस्यीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता
- नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
- विद्युत् महसुल वृद्धि र आपूर्तिबारे चिन्तन
- बीमाको पहुँच विस्तार र सरकारको दायित्व
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया