सामान्यतया तापक्रमलाई त्यति महत्व दिइँदैन तर यसले आयात, निर्यात, व्यापारघाटाजस्तै प्रत्यक्ष देखिनेगरी नै मानिसको गतिविधि र देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने रिपोर्ट हालै सार्वनिक भएको छ । यसले कति तापक्रम घटबढ भयो त्यति प्रतिशतमा नै नोक्सानीको अंक आउँदो रहेछ । त्यसकारण जलवायु परिवर्तन पनि देशको आर्थिक अवस्था देखाउने परिसूचक गार्हस्थ्य उत्पानदको एउटा अभिन्न अंग मानेर सोअनुसारको व्यवहार गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाउँछ । खासगरी जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा मात्रै वार्षिक २५ अर्ब रूपैयाँसम्मको क्षति हुँदोरहेछ । यो भनेको पत्यक्ष प्रभावको उदाहरण हो । तापक्रम घटबढका कारण एउटा क्षेत्रमा मात्रै यति ठूलो धनराशिको नोक्सानी हुन्छ भने समग्र क्षेत्रमा त्यसको प्रभाव कस्तो पर्ला ?
अध्ययनले के देखायो भने तापक्रम एक डिग्री सेल्सियसका दरले वृद्धि भए कुल गार्हस्थ्य उत्पादनमा एक दशमलव ६१ प्रतिशतले घाटा हुने रहेछ । तापक्रम एक डिग्री सेल्सियस तलमाथि हुनु भनेको १६ अर्ब रकमको नोक्सानी भएको भनी बुझ्नुपर्ने अवस्था आयो । विज्ञहरूका अनुसार जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जनले तापक्रम वृद्धि हुँदा हिउँ र हिमनदी पग्लिने र हिमतालको आकार बढ्ने हुनाले जोखिम उच्च हुने अवस्था आउँछ । यस्तो जोखिम बढेपछि स्वाभाविक छ त्यसको प्रत्यक्ष असर हिमाल आरोहण र हिमाली क्षेत्रको पदयात्रामा पर्नेछ नै । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, इसिमोडको प्रतिवेदनमा शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री कायम हुँदा पनि ३६ प्रतिशत र अहिलेकै अवस्थामा कार्बन उत्सर्जन हुने हो भने ६४ प्रतिशत हिउँ पग्लने चेतावनी दिएको विवरण सार्वजनिक भएको छ ।
प्रतिवेदनअनुसार सन २०१७ र २०१८ मा गरिएको उक्त अध्ययनले जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा नोक्सानीको दरसमेत बढ्दै गएको देखाएको छ । प्रतिवेदन भन्छ जलवायुजन्य विपद्का कारण सन १९८५–२०१५ सम्म पर्यटन क्षेत्रमा घाटा बढेको छ । पर्यटन क्षेत्रमा यो घाटादर वार्षिक २५ अर्ब रूपैयाँ (९२४१/६३५) मिलियन अमेरिकी डलर) सम्मको हुनेछ । हिउँ पग्लिने दरमा वृद्धि, बाढी, पहिरो, हिमआँधी, हिमपहिरो र मौसमी गतिविधिजस्ता प्रभाव सबै क्षेत्रमा प्रकट हुन्छन् र त्यसले जनधन दुवैको अकल्पनीय क्षति गराउँछ ।
यसका अर्थ हो जलवायु परिवर्तनलाई र त्यसको रोकथामका सन्दर्भमा राष्ट्र गम्भीर हुनुपर्छ । शक्तिशाली देश अमेरिकाका राष्ट्रपतिको हालै सम्पन निर्वाचनमा एउटा विषय यही जलवायु परिवर्तनका सम्भावित जोखिमप्रति ध्यान दिएको नदिएको विषय मत परिणाममा प्रकट भएको थियो । त्यसकारण यो विषयले सरकारको समेत मूल्यांकन गर्दोरहेछ भन्ने यो दृष्टान्त मननीय छ । यो सम्बन्धमा विज्ञहरू भन्छन्– आज गरिएको कामले कालान्तरमा जोखिम बढ्ने भएकाले कसरी अनुकूलित हुने भनेर बेलैमा ध्यान दिनुपर्ने हुन्छ । त्यसो भएन भने हेर्दाहेर्दै जोखिमको शिकार हुनुपर्ने अवस्था आफैँले मोलेको भन्ने हुन्छ । त्यसै कारण हिमालय क्षेत्रको संरक्षणका लागि दीर्घकालीन कार्यक्रम प्रस्ताव गरिएको प्रतिवेदनमा उल्लेख छ । यसबारे राज्यका निकाय र व्यक्ति–व्यक्तिले पनि ध्यान दिनुपर्ने हुन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया