Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबलियो सत्तालाई एमसीसी झड्का

बलियो सत्तालाई एमसीसी झड्का


बलियो वामसत्तालाई तत्कालीन संघीय समाजवादी फोेरम नेपालले समर्थन गरेपछि दुई तिहाइ बहुमत जुटेको थियो । झण्डै अठार महिनासम्म मुलुकमा दुई तिहाइ बहुमतको सरकार चल्यो । गत आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । तालमेल गरेर चुनाव लड्दा उनीहरूले पूर्ण बहुमत प्राप्त गरे पनि दुई तिहाइ बहुमत जित्न सकेका थिएनन् ।

२०७४ फागुन ३ गते सरकार गठन भएपछि तत्कालीन एमाले र माओवादी केन्द्रले संघीय समाजवादी फोेरम नेपालसँग सत्तासाझेदारी गर्ने र संविधान संसोधन गर्ने दुई बुँदे सहमति गरेका थिए र सरकारलाई दुई तिहाइ बहुमत जुटाएका थिए । त्यसपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेर नेकपा बनाएको थियो ।

नेकपाको दुई तिहाइ बहुमतको बलियो सरकार अहिले अमेरिकी योजना मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रदान गरेको ६६ अर्ब रूपैयाँ लिने कि नलिने भन्ने बहस सुरु भएको छ । सत्तारुढ नेकपाको स्थायी समितिमा यस विषयमा प्रशस्त मात्रमा छलफल भयो र इण्डो प्यासिफिक रणनीतिकै अंग हो भने एमसीसी सहयोग नलिन सरकारलाई निर्देशन ग-यो तर त्यसअघि अमेरिकी धारणा प्रस्ट पार्न आग्रह गर्ने निर्णय पनि ग-यो ।

दुई तिहाइको बहुमतको सरकारको नेतुत्व गरिरहेको पार्टी नेकपाको उपल्लो कमिटीको बैठकमा बहस भएर अमेरिकासँग स्पष्टीकरण माग्ने निर्णय भएपछि संविधान संसोधनको प्रक्रिया अघि नबढाएको बाहनामा सत्तासाझेदार साबिक संघीय समाजवादी फोेरम नेपाल हालको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि १८ महिनादेखि चल्दै आएको दुई तिहाइ बहुमतको सरकारले दुई तिहाइ बहुमतको समर्थन गुमाएको छ । यही बेला अमेरिकी दूतावासले एमसीसी सहयोग इण्डो प्यासिफिक रणनीतिकै अंग भएको स्पष्ट पारेर सत्ताधारी नेकपाभित्रको विवादलाई झन् बढाइदिएको छ र यही विवादमा सत्ताधारी नेकपा पूर्णतः दुई खेमामा चिरा परेको छ ।

संयोग नै मान्नुपर्दछ कि सत्तारुढ नेकपमा एमसीसीका बारेमा लिने र नलिने दुई खेमा बनेपछि समाजवादी पार्टीले सरकार छाडेर सरकारको दुई तिहाइ गुमाइदिएको छ । प्रधानमन्त्री केपी ओली र मन्त्रीहरू एमसीसी सहयोग लिने पक्षमा छन् भने पार्टीका अर्का अध्यक्ष प्रचण्डलगाएतका सत्ताबाहिरका नेताहरू एमसीसी सहयोग लिनै नहुने पक्षपोषण गरिरहेका छन् । समाजवादी पार्टीले गरेको सत्ता परित्याग र सत्ताधारी नेकपामा एमसीसी सहयोग लिने वा नलिने विषयमा भएको विवादलाई सत्तामा परेको एमसीसी झड्काकै रूपमा लिइएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया