Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाको खोपमा कामभन्दा कुरा बढी

कोरोनाको खोपमा कामभन्दा कुरा बढी


काठमाडौं ।
यतिबेला देशमा कोरोनाको खोप र संविधान मिचेको÷नमिचेको भन्ने दुईवटा कुरा चर्चामा छन् । संसारमै कोरोनाले भयावह रूप लिएको दोस्रो वर्ष सुरु भएको छ । यससँगै त्यसको खोप पनि तयार भएर मानिसको शरीरमा पर्न थालेको अवस्था छ । त्यसैले पनि कोरोनाको भयावहतासँगै त्यसको खोपको पनि चर्चा सुरु भएको हो । यो खोप नआउन्जेल यो महामारी उपचारविहीन र अजेय बन्दै गएको थियो संसारभरि नै । त्यसमा नेपाल पनि पर्ने नै भयो । खोपको कुरा आउँदा पनि त्यस्तै हो । कोरोना जति भयावह थियो त्यति नै यसको खोपको उपलब्धताले विजेय बनाएको अवस्था छ । यतिबेलाको चासोको विषय हो यसको उपभोगको । त्यसमा सरकार चुक्दै गएका दृश्यहरू प्रकट हुँदै छन् जो यो प्राप्तिको जुन प्रकारले प्रतीक्षा भइरहेको छ । त्यस सन्दर्भमा यो दुःखद पक्ष हो ।

यो खोप प्राप्तिका लागि सरकारले अहिलेसम्म खास पहल गरको पाइएन कुराचाहिँ धेरै भइरहेका छन् । खोप आउन सर्वप्रथम निर्माता कम्पनीसँग खारिद सम्झौता हुनुपर्ने हो । त्यो भएको छैन । संसारभरि खरिदकै लागि प्रतिस्पर्धा भइरहेको अवस्थामा सरकार भने अनुदानमा र खरिद नै गर्नुपरे पनि सरकारमार्फत गर्ने भनी बसिरहेको अवस्था छ, जसले खोप प्राप्त होला भन्नेमा शंका उत्पन्न भएको छ । यही अवस्था कायम रहेमा अझै एक÷डेढ वर्षअघि खोप पाइने अपेक्षा नगरे हुन्छ । आजको मितिसम्म खोपका बारेमा कुरा मात्रै गर्ने देश नेपाल मात्रै होलाजस्तो देखँदै छ ।

संसारभरिका धेरै देशले यो खोपका लागि उत्पादक कम्पनीसँग के–कति मात्रामा खरिद गर्ने हो त्यसको भुक्तानी समेत गरिसकेका छन् । छिमेकी देश बंगलादेशले दुई महिनाअघि नै भुक्तानीसहितको ‘प्रि–अर्डर’ गरेको कुरा समाचारमा आएको थियो । नेपालमा त बजेटको जोहो समेत भएको भन्ने भरपर्दो अवस्था देखिएको छैन । नेपाल सरकार कोभाक्स सुविधाकै पर्खाइमा रहेका समाचार आइरहेका छन् । जसले भुक्तानीसहित खरिदको ग्यारेण्टी गरेका छन् तिनको आपूर्ति भएपछि मात्र नेपालले ठाउँ पाउने अवस्था हुन्छ । सरकारलाई यो कुरा जानकारी नभएको होइन । तर भरपर्दोरूपले पहल गर्नुको साटो कामभन्दा कुरा मात्रै गरेर समय खेर फालिरहेको छ ।

खोप उत्पादक मुलुकमा पर्छ छिमेकी भारत पनि । यसको उत्पादन सबै प्रकारले नेपालका लागि उपयुक्त हुने भनी ठहर भइसकेको छ । खरिददेखि ढुवानी, भण्डारण र अरु प्राविधिक पक्षमा यस्तो उपयुक्त अवस्था देखिएको हो । बेलायतमा लगाउन थालिएको खोप नै हो भारतमा उत्पादन भइरहेको पनि । अक्सफोर्ड र अस्ट्राजेनिका खोप उत्पादन भए पनि नेपालले भारतसँग पनि कुनै प्रि–अर्डर गरेको छैन । यो दुःखद पक्ष हो । अन्यत्रबाट आउनेमा त कुरै छाडौंं ।

खोपको व्यवस्थापनको जिम्मा लिनुपर्ने संस्था इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एक पूर्वनिर्देशकका अनुसार सरकार कोभाक्स सुविधाबाट आउने खोपमै दौडधुप गरिरहेको छ अहिलेसम्म नै । उनका अनुासर यसले हाल खोप लगाउन थालेका अन्य मुलुकझैं नेपालले समेत समयमै खोप उपलब्धताका लागि उत्पादक कम्पनीसँग पहिल्यै प्रि–अर्डर गर्नुपथ्र्यो । त्यो गरिएको देखिएको छैन । सरकारको यस्तो ढिलासुस्तीले नै समयमा खोप पाउनेमा शंका उत्पन्न भएको हो । सरकार प्रस्ट हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया