Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअमेरिकासँग सम्बन्ध चिसिएपछि भारतसँग खुल्यो संवाद

अमेरिकासँग सम्बन्ध चिसिएपछि भारतसँग खुल्यो संवाद


माओवादी विद्रोहीको भनाइ नै थियो कि दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्नु पर्दछ । कथित जनयुद्धको सुरुवात भारतीय सहयोग र सद्भावमा भयो । नेपालमा जनयुद्ध भयो, त्यसको नेतृत्वकर्ताहरू भारतमै आश्रय लिएर बसेका थिए । त्यतिबेला माओवादीको चीनसँग कहीँकतै सम्बन्ध भएको पाउनै सकिन्न थियो । तत्कालीन एमालेसँग पनि दुश्मनीपूर्ण व्यवहार थियो । त्यतिबेला नै अमेरिकाचाहिँ माओवादीको चीनसँग सम्बन्ध राम्रो भएको देख्न चाहन्थ्यो र त्यही बहानामा नेपालका सबै कम्युनिष्टलाई एउटै टोकरीमा हालेर अप्रेसन गर्न चाहन्थ्यो तर त्यो सम्भव भएन । सबै एउटै खाल्टोमा पर्ने संकेत पाएपछि शान्तिवार्ता सुरु भयो र त्यसको दश वर्षपछि घटनाक्रम अर्कोतर्फ मोडियो । २०७२ सालमा नेकपा एमालेका केपी ओली प्रधानमन्त्री हुँदा भारतसँग सबन्ध बिग्रियो र भारतले नेपालविरुद्ध नाकाबन्दी नै लगायो ।

२०७४ सालको आम निर्वाचनमा त्यही नाकाबन्दी ठूलो मुद्दा बन्यो र दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरे । त्यो गठबन्धनले प्रचण्ड बहुमत प्राप्त ग-यो र ओलीकै नेतृत्वमा सरकार गठन भयो । त्यसपछि दुई पार्टीबीच एकता भएर नेकपा गठन भयो । नेकपाको सरकार तत्कालीन समयमा विस्तारै भारतसँग टाढिँदै गयो र बाहिरी आवरणमा चीनसँग नजिकिँदै गएको देखिए पनि भित्रीरूपमा अमेरिकी हितअनुकूल काम गर्दै जान थाल्यो । ठीक यहीबेला अमेरिकाको एमसीसी प्रोजेक्ट र इण्डो प्यासिफिक रणनीतिका बारेमा सत्तारुढ नेकपामा विवाद सुरु भयो । त्यसको पहिलो शिकार तत्कालीन समामुख कृष्णबहादुर महरा बने ।

एमसीसी प्रोजेक्ट इण्डो प्यासिफिक रणनीतिकै अंग भएको अमेरिकाले स्पष्ट पारिसकेको छ । तर, त्यो प्रोजेक्ट इण्डो प्यासिफिक रणनीतिको अंग भए त्यसलाई अनुमोदन नगर्ने नेकपा स्थायी समितिको निर्णय हुँदाहुँदै सरकार त्यसलाई सदनबाट अनुमोदन गराउने तयारीमा छ । यहीँनेर अमेरिकासँग नजिकिएको नेकपा बाहिरी आवरणमा चीनसँग पनि निकट देखिएको छ । ठीक यही बेला यस सिद्धान्तअनुसार अमेरिकाको नेकपाभित्र एकविरुद्ध अर्कोलाई प्रयोग गर्न लगाम खिचेको संकेत पाउनेबित्तिकै वामसत्ताले फेरि भारतसँग संवाद खोलेको छ । अमेरिकासँगको सम्बन्ध चिसिएपछि भारतसँग संवाद खोलेको हो । तर, यस्तो मनपरी पाराले विश्वसनीयताचाहिँ सिधिँदै गएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया