व्यापारघाटाको खाडल नेपालका लागि दीर्घरोग

काठमाडौं ।
सरकारले आफ्नो तीन वर्षको कार्यकालको अनुकरणीय उपलब्धि भनी देखाएमध्येको एउटा विषय हो व्यापारमा सन्तुलन कायम भएको अवस्था । आफूले काम गर्दा निर्यातको अवस्था दयनीय रहेको र त्यसपछि वृद्धि हुँदै झण्डै सन्तुलन नै कायम हुनेगरी आयातको हाराहारीमा निर्यात पनि बढिरहेको भन्ने आसय थियो प्रधानमन्त्रीको ।
व्यापारघाटा नेपालको पुरानो दीर्घरोग हो । प्रत्येक वर्ष नेताको भाषणमा मात्रै सीमित रहेको यसको सन्तुलन अहिले पनि कायमै रह्यो । घाटा अंकको यस्तो खाडल भरिँदै जानथालेको र पछिल्लो वर्ष सन्तुलनमा आएको वा आउन खोजेको भन्ने जानकारी वास्तवमा नै सकारात्मक र जिज्ञासायोग्य पनि हो । व्यापारघाटा घट्नु भनेको अर्थतन्त्रमा सकारात्मक पक्ष हो । यसले नेपाल पनि उत्पादनका क्षेत्रमा अरु देशसरह ठाउँमा पुगेको भन्ने सन्देश दिन्छ । तर सस्तो प्रचारबाजीका लागि यस्तो तथ्यांकहरू प्रस्तुत हुनु आफैँमा हास्यास्पद हुन्छ । यो केवल जनताको आँखामा छारो हाल्नुसिवाय अरु केही पनि होइन ।
प्रधानमन्त्रीले भनेको एक हप्तापछि सरकारी निकायबाट देखाइएको विवरणमा भने व्यापारघाटाको अवस्था उनले भनेजस्तो देखिएन । त्यसमा प्रतिमहिना एक खर्बभन्दा बढीको आयात भइरहेको पाइयो । फागुनको दोस्रो हप्ता भन्सार विभागले सार्वजनिक गरेको चालू आार्थिक वर्षको वैदेशिक व्यापारको अवस्थामा बितेको सात महिनामा सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँको व्यापारघाटा देखियो ।
गत आवको सोही अवधिभन्दा व्यापारघाटा नबढ्नुचाहिँ सकारात्मक मान्नुपर्छ । यो वर्ष आयात वृद्धि अर्थात् व्यापारघाटाको दर शून्य दशमलव ६६ प्रतिशतले घटेको अवस्था छ । सो विवरणअनुसार गत आवको सात महिनामा नेपालले सात खर्ब ३८ अर्ब ६३ करोडको घाटा व्यहोरेको थियो । त्यो ३८ अर्बको ठाउँमा ३३ अर्ब कायम भयो । यो धेरै घटेको होइन तर सङ्केतचाहिँ घाटा घट्न थालेको हो भन्नेतर्फ नै गएको छ । उच्चस्तरको आयात हुने देशमा भारत, चीन, बंगलादेश, अमेरिकालगायत पर्छन् । यसमा कृषि उपजदेखि इन्धन, मेसिनरी सामग्री तथा महँगा हवाइजहाज तथा सवारीसाधनका पार्टपुर्जाहरू आदि पर्नेगरेका छन् ।
यो आजको मात्र नभएर विगत कैयौँ वर्षदेखिको अवस्था हो यो । ३० को दशकमा नेपाल खाद्यान्न निर्यात गर्ने देशमा पर्दथ्यो । तर तयसमा स्थिति परिवर्तन भएर यस्ता वस्तु पनि उच्चस्तरको आयात हुनेमा पर्नथाले दशकौं अघिदेखि नै जो आजसम्म पनि कायमै छ । पछिल्लो समय त व्यापारघाटाको अंक बढाउनेमा कृषिउपज पनि मुख्य वस्तुमा परिसकेका छन् जो दुःखद हो । यहीबेला कति रकमको निर्यात भयो भन्ने जिज्ञासा उठ्छ ।
विभागका अनुसार निर्यात यो अवधिमा आठ प्रतिशतले वृद्धि भएको छ । विभगको तथ्याङ्कअनुसार गत आवको सात महिनाको अवधिमा ६४ अर्ब ९७ करोड १२ लाखको वस्तु निर्यात भएको थियो भने चालू आवको सोही समयमा भने ६९ अर्ब ९१ करोड ७० लाखबराबरका वस्तु पठाइए । निर्यात भएका वस्तुको विगत र अहिलको तुलनामा धेरै फरक नभए पनि जेजति मात्रामा होस् बढेको देखिन्छ । यो धरातलमा टेकेर नीतिनियमहरू बनाइयो भने निर्यात वृद्धिको यो अंक बढ्ने सम्भावनातर्फका सङ्केत मान्न सकिन्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सेयर बजार परिसुचक २४ सय १६ अंकमा सिमित
- लक्ष्मी बैंकको अगुवगाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनामा ६५ करोड कर्जा
- राष्ट्रिय बीमा संस्थानको शाखा चाबहिल र सूर्यविनायकमा
- कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
- मेरो माइक्रोफाइनान्सद्वारा कर्मचारीहरूलाई दुईदिने तालिम प्रदान
- आरम्भ चौतारी लघुवित्तले आठ दशमलव ८५ प्रतिशत बोनस सेयर दिने
- मेगा बैंकका ग्राहकहरूलाई सिद्धार्थ ग्रुपमा विशेष छुट
- सारथी नेपाल लघुवित्तले नौ प्रतिशत लाभांश दिने
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया