Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयचिनियाँ अपराधीको सुपुर्दगी

चिनियाँ अपराधीको सुपुर्दगी


नेपालमा बसेर साइबर अपराधको साङ्गठित धन्दा चलाएका एक सय २२ जना चिनियाँ अपराधीलाई नेपाल सरकारले पुस १३ गते चीन सरकारलाई सुपुर्दगी गरेको छ । उनीहरू यही पुस ६ गते पक्राउ परेका थिए । त्यस दिन आठ सयभन्दा बढी त्यस्ता अवैध कारोबारी चिनियाँलाई पक्राउ गर्ने योजनासहित प्रहरीले काम थालेको थियो । गोंगबु, मनमैजु, महारजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट एकै पटक चिनियाँ अपराधीहरूलाई पक्राउ गर्न थालिए पनि एकै दिनमाउक्त अभियान हल्लामा बढी र काममा कमी भएको थियो । ६९ जना पक्राउ परेको सूचना आएको केही समयमै त्यो संख्या ७२ पुगेको, बढ्दै ९६ हुँदै एक सय २२ पुगेको थियो । तर, त्यसबाट त्यो संख्या अघि बढेन । तर, छापा मारेर प्रहरीले चिनियाँ ह्याकर अनलाइनहरूमार्फत बुस्ट ग¥यो र आईजीपी सर्वेन्द्र खनालको ठाडो आदेशमा चिनियाँ ह्याकरहरूमाथि अप्रेशन चलाइएको भनी बढाइचढाइ प्रचारबाजी गराइयो ।

एउटा पत्रिकाले नै भोलिपल्ट एक सय ३० जना चिनियाँ पक्राउ परेको समाचारको प्रायोजन पनि ग-यो । तर, आईजीपी खनालको तारिफ एक साता पनि टिकाउ भएन । जब उनी चिनियाँ ह्याकर अपराधीहरूका मूल नाइकेसँग नारिएको तस्बिर सार्वजनिक भयो । त्यसपछि उनको गुनगान र तारिफ गरेर प्रायोजन गरिएका र तारिफ गरेर प्रायोजन गरिएका समाचार स्खलित भए । त्यसपछि कुरा चुहियो, चिनियाँ ह्याकरहरूमाथि निगरानी र शुक्ष्म कारबाही गरिरहेको प्रहरी नेतृत्वलाई नै वाइपास गरेर त्यो अप्रेसन गरिएको रहेछ । त्यो अप्रेसन चलाएको जस्तो गरेर उक्त गिरोहका मूल नाइकेहरू जो आईजीपी खनालसँग कुम जोडेर उभिएका देखिएका छन् । उनीहरूलाई सर्च अपरेशन चलाउनुअघि नै सूचना चुहाएर भगाइएको रहेछ । त्यही कारण उनीहरू पक्राउ नै परेनन् । हुँदै जाँदा पक्राउ परेका चिनियाँहरूको अपराध पनि भेटिएन भनियो र उनीहरूलाई चीन सरकारसमक्ष सुपुर्दगी गरियो ।

तर, यही पुस ४ गते महालेखा नियन्त्रकको कार्यालयका वेबसाइट ह्याक भएको थियो र ह्याकरले रकमको बार्गेनिङ पनि गरेको थियो । त्यस्तै अन्यत्र पनि गरेको थियो । त्यस्तै अन्यत्र पनि भएको हुन सक्दछ । त्यसपछि मात्रै ६ गते आइतबार चिनियाँ ह्याकरमाथि सर्च अप्रेसन भएको थियो । तर, त्यसको मूल उद्देश्यलाई अन्यत्र मोडेर सर्च अप्रेसनलाई सेफल्यान्डिङ गराइयो । चिनियाँ अपराधी गिरोहसँग मिलेर राष्ट्रविरुद्ध अपराध गर्ने नेपाली एजेन्टहरू को–को संलग्न छन् भन्ने कुरामाथि छानबिन नै गरिएन र घटनालाई सामसुम पारेर नेपालमा साइबर अपराध गर्ने चिनियाँलाई हतारमा चीन सरकारसमक्ष सुपुर्दगी गरियो ।

नेपाल र चीनबीच सुपुर्दगी सन्धि भएको छैन । चीनका राष्ट्रपति सी जीनपीङको केही समय पहिलेको नेपाल भ्रमणमा दुई देशबीच सुपुर्दगी हुने तयारी अन्तिम चरणमा पुगेर रोकिएको थियो र अहिलेसम्म भएको छैन । यस्तो अवस्थामा नेपालमा समातिएका अपराधीलाई नेपालमै कारबाही हुनुपर्ने हो । तर, सरकारले उनीहरूलाई लुुसुक्क चीनलाई बुझाएको छ । अहिलेको सरकार चिनले गरेको कुनै पनि क्रियाकलापलाई नराम्रो ठान्दैन । चिनियाँ ह्याकरले नेपालमा डाटा ह्याक गरे । बैंक ह्याक गरे, त्यसको यथार्थ विवरण पनि सरकारले सार्वजनिक गरेको छैन र पक्राउ परेका चिनियाँले गरेको अपराध नभेटेको भनेर चीनलाई नै सुम्पिएको छ । तर, ती व्याक्तिले चीन सरकारकै लागि यहाँ बसेर ह्याकिङ गरेको आशंकालाई उनीहरू मागेको जरिवाना दूतावासले तिर्नूले उतैबाट प्लेन चार्टर गरेर ल्याएर उनीहरूलाई लैजानुले पनि पुष्टि गर्दछ । अब त नेपालको डाटा पनि चीनसँग ह्याकर पनि चीनसँगै, कसैलाई कारबाही गर्नु नै नपर्ने, योभन्दा लाजको अवस्था अरु केही हुन सक्दैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया