नेपाल राष्ट्र बैंैकले यही पुुस १६ गते एउटा लगानीसम्बन्धी सूचना जारी ग-यो । उक्त सूचनामा राष्ट्र बैंकले भनेको थियो, ‘यस बैंकको विभिन्न कोषमा रहेको २६ करोड ३१ लाख रुपैयाँबराबरको रकम २०७६ माघ १ गतेदेखि २०७७ पुस २९ सम्म ३६५ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएकोले यस बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा फाइनान्स कम्पनीहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई बैंकले तोकेको सिलबन्दी दरभाउ–पत्र सम्बन्धी फाराम भरी पठाउनुुहोस् । यसअघि यही पुुस १३ गते पनि राष्ट्र बैंकले यस्तै सूचना जारी गरेको थियो । उक्त सूचनाअनुसार राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा एक अर्ब १२ करोड, विकास बैंकहरुमा २१ करोड र फाइनान्स कम्पनीहरुमा सात करोड रुपैयाँ समेत गरी कुुल एक अर्ब ४० करोड रुपैयाबराबरको संस्थागत निक्षेप लगानीको लागि राष्ट्र बैंकले आह्वान गरेको थियो ।
राष्ट्र बैंकको लगानी आह्वानसम्बन्धी उक्त सूचनामा भनिएको थियो, यस बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम वि.सं. २०७६ माघ १ गतेदेखि वि.सं. २०७७ पुुस २९ गतेसम्मको लागि लगानी गर्नुपर्ने भएकोले बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुु हो । राष्ट्र बैंकको यी दुुई सूचना केही उदाहरण मात्र हुुन्, संस्थागत निक्षेप लगानीसम्बन्धी । राष्ट्र बैंकले प्रत्येक वर्ष आफ्नो विभिन्न कोषमा रहेको अर्बौँ रुपैयाँ विभिन्न बैंक तथा फाइनान्स कम्पनीहरुमा राख्छ । त्यो राख्नुुको एउटै उद्देश्य वित्तीय बजारमा देखिएको लगानीयोग्य रकमको अभाव हटाउनुुको लागिभन्दा पनि ब्याज आम्दानी गर्ने दृष्टिकोणले प्रेरित रहेको देखिएको छ ।
राष्ट्र बैंकले लगानी आह्वानसम्बन्धी प्रत्येक सूचनामा भन्ने गर्छ, आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरी पठाउनुहोला । यसबाट स्वतः पुुष्टि हुने कुरा भनेको राष्ट्र बैंक स्वयं नै जुुन बैंक तथा फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन्छ, त्यही संस्थालाई बढी मात्रामा संस्थागत निक्षेप दिन्छ । राष्ट्र बैंकबाट लिने यस्तो संस्थागत निक्षेप बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जामा लगाउनकै लागि हो । यदि राष्ट्र बैंकले नै चर्को ब्याजमा निक्षेप राख्छ भने बजारमा कर्जाको ब्याज कम होस् भनेर आम सर्वसाधारणले कसरी सोच्ने ?
राष्ट्र बैंक सेवामुुखी संस्था हो, नाफामुुखी होइन । राष्ट्र बैंकको आम्दानीका स्रोतहरु धेरै छन् । यदि हुुँदाहुँदै पनि राष्ट्र बैैंकले संस्थागत निक्षेपको नाउँमा ब्याजदर बढाउनकै लागि अस्वस्थ प्रतिस्पर्धाको अवस्था सिर्जना गर्छ भने मुुलुुकको वित्तीय प्रणालीमा कसरी सुशासन प्राप्त हुुन्छ । कसरी सर्वसाधारणले सहज र सहुुलियत ब्याजदरमा कर्जा पाउँछन् । यसतर्फ राष्ट्र बैंकले जिम्मेवार अधिकारीहरुले गम्भीर भएर सोच्नुुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- शिक्षाका लागि विद्यालयको पूर्वाधार निर्माण आवश्यक छ : मन्त्री राई
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव
- हिमालमा हेलिकोप्टरको सहारा
- चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार
- राष्ट्रियसभाका उपाध्यक्षद्वारा राजीनामा
- पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
- मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता
- चीनको औद्योगिक मुनाफामा उच्च वृद्धि
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया