Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रदूषण रोकथाममा सरकारी तयारी

प्रदूषण रोकथाममा सरकारी तयारी


काठमाडौं ।
पछिल्लो समय देशमा वायु प्रदूषणको अवस्था उच्च रहेको छ । प्रदूषणको चर्चा पहिले पनि हुन्थ्यो । तर यसरी सर्र्वसधारणले महसुस गर्नेगरी र प्रदूषणकै कारण कारण घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरिएको थाहा थिएन । हिउँदमा कुइरो लागेका कारण विमानस्थलहरू खुल्दैन थिए मध्यान्हअघि । प्रत्येक वर्ष यस्तो एउटा स्वाभाविक प्रक्रियाजस्तै भएका थिए । कुइरो नलागिकन आकाश ढाकिएको र कुइरो नलागिकन तुवाँलोले दिउँसै अँध्यारो बनाएको घटना भने यो वर्ष चरममा पुग्यो । त्यो पनि एक/दुई दिनको होइन हप्तौँ कायम रहेको पाइयो । यो सामान्य कुरा हुँदै होइन । यस्तो प्रदूषण देशभरि नै कायम रह्यो । पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदूषण केही घटेको थियो तर त्यो धेरै दिन कायम हुन सकेन ।

यो ठाउँमा चिन्ताको विषय के हो भने प्रदूषण झनै बढिरहेको छ । स्वीट्जरल्याण्डको एक्यस्एआईआरका अनुसार प्रत्येक दिन बिहान काठमाडौँको एयर क्वालिटी इन्डेक्स तीन सय ३१ छ । यो भनेको काठमाडौं महानगरपालिका संसारकै धेरै वायु प्रदूषण भएको सहरको सूचीमा पहिलो नम्बरमा परेको अवस्था हो । पहिले छिमेकी देश भारतको केन्द्रीय राजधानी रहेको सहर दिल्ली हुनेगरेको थियो । यतिबेला काठामाडौँले त्यसलाई समेत जितेको अवस्था छ । वातावरण विभागको तथ्याङ्कअनुसार झन्झन् पछिल्ला प्रायस पत्येक बिहान झन् बढी प्रदूषण देखिनु अत्यासलाग्दो अवस्था हो ।

अब यो काठमाडौँमा मात्र पनि सीमित रहेन । पछिल्लो एक दिन सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा प्रकट भयो । धनगढी एयर क्वालिटी इन्डेक्स चार सय २९ पुगेको पाइयो । त्यसदिन दोस्रो नम्बरमा चितवनको भरतपुर देखियो यहाँको एक्यूआई तीन सय ९८ रह्यो भने तेस्रो नम्बरमा रहेको ललितपुरको भैँसेपाटीमा एक्यूआई तीन सय २५ छ दर्ज भयो । यसको अर्थ हो, यो प्रदूषण देशैभरि फैलँदो अवस्थामा छ । काठामाडौँ उपत्यका कटौराजस्तो भएकाले प्रदूषण बढेको भन्ने दाबी गरिँदै आइएकोमा अब त्यस्तो रहेन । भरतपुर नगरपालिका त्यसको उदाहरण हो । धनगढीमा समेत यस्तो प्रदूषण हुनु भनेको समग्र तराईको चित्र हो । तराईको प्रदूषणमा खासगरी खेतखलियानहरूमा आगलागी हुनु मानिन्छ ।

वातावरण प्रदूषणमा एक्वूआई ५० सम्म हुनु राम्रो मानिन्छ । विज्ञका अनुसार ५० देखि एक सयसम्मलाई मोडरेट र एक्वूआई एक सय ५० सम्म पुग्दा विशेष प्रकारका संवेदनशील समूह अर्थात् स्वासप्रश्वासका रोगीहरूलाई अस्वस्थकर हुनेगर्छ । दुई सयसम्म पुगे सबैका लागि अस्वस्थ नै हुन्छ भने यसको स्तर तीन सय र त्योभन्दा माथि पुगको अवस्थाको त आफैँ अनुमान हुन्छ त्यो कति घातक हो । पछिल्लो समय यसको कारणमा अत्यधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवाधुलो मानिएको छ ।

वायु प्रदूषणले खतराको तह नाघेपछि सरकारले देशभरिका विद्यालय नै बन्द गर्नुपर्ने अवस्था देखियो । नेपालमा डढेलो यस्तो देखियो त्यसलाई नियन्त्रणमा लिन नै सकिएन लामो समयसम्म । यी भनेका राष्ट्रिय विपत्का कुरा हुन् । त्यसको पूर्वतयारी हुने हो भने केही हदसम्म नियन्त्रणमा लिन सकिन्छ तर यसतर्फ राज्यको खासै ध्यान नजानु दुःखद पक्ष हो । अझै खडेरीको समय लम्बिँदै छ । त्यसकारण प्रदूषण पनि झनै बढ्ने अवस्था हुन्छ । यही ठाउँमा प्रश्न उठ्छ राज्यले के तयारी गर्दै छ ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया