Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनक्कली भ्याटबिल चलाउनेलाई राहत

नक्कली भ्याटबिल चलाउनेलाई राहत


सर्वोच्च अदालतले पुस २८ गते सोमबार नक्कली भ्याटबिल प्रयोग गर्ने भाटभटेनी सुपर मार्केटलगायतका चारवटा कम्पनीका सञ्चालकसँग बिगोसहित जरिवाना असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । उनीहरूले नक्कली भ्याटबिल प्रयोग गरेको ठहर गर्दै अदालतले उक्त निर्देशन दिएको हो । नक्कली मुद्राको छपाइ गर्नु र कारोबार गर्नु सामान्य अपराध होइन ।

नक्कली भ्याटबिल बनाएर कारोबार गर्नु पनि त्यस्तै हो । नक्कली भ्याटबिल प्रयोग गर्दा उपभोक्तासँग भ्याटबापतको रकम उठाइन्छ तर सो रकम सरकारी राजस्व कोषमा जम्मा गरिँदैन, जसले उक्त रकम खाइदिन्छ । त्यसरी नक्कली भ्याट बिल प्रयोग गर्नु अपराध नै हो । त्यस्तो अपराध पनि अपराधी करार फरार भएका व्यक्तिबाट बिगो र जरिवाना मात्र असुल उपर गर्ने निर्णय हुनु र त्यस्ता अपराधीलाई कैद सजाय नहुनु उनीहरूलाई उन्मुक्ति दिनु नै हो ।

उनीहरूलाई जेल जानबाट जोगाइरहेकै हो । यसमा कसैप्रति कमी कमजोरी भएको छ भने त्यसलाई सच्याउन हिच्किचाउनु पनि हुँदैन । त्यसको अर्थ अदालतले गल्ती ग¥यो भन्ने पनि होइन । अदालतप्रति र अदालतले गरेको फैसलाप्रति अगाध आस्था र विश्वास छ । तर पनि नक्कली भ्याटबिल प्रयोग भएको ठहरसँगै त्यस्तो नक्कली भ्याटबिल प्रयोग गर्ने अपराधीलाई जरिवाना तिरेर उम्कन दिनु र कैद सजाय नहुनु ठीक होइन कि भन्ने हाम्रो धारणा हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया