Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबैंकहरुलाई ब्रोकर लाइसेन्स

बैंकहरुलाई ब्रोकर लाइसेन्स


वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स अर्थात् सेयर कारोबार गर्न अनुुमति दिने वा नदिने भन्नेबारे अझैसम्म पनि ठोस निर्णय हुुनसकेको छैन । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एसोसिएसन,, सेयर लगानीकर्ताहरु एवं आम सर्वसाधारणहरु जो नेपालको पुँजीबजारको बारेमा थोरै भए पनि जानकार छन्, उनीहरु वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुुपर्छ भन्ने पक्षमा छन् । तर यहीबीचमा केही ब्रोकर कम्पनीहरु भने वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुुहुँदैन भन्ने पक्षमा रहेको छ । यही पक्ष र विपक्ष कुराहरुको बीचमा सम्बन्धित निकायले अहिलेसम्म पनि वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने वा नदिने भन्ने विषयमा ठोस निर्णय गरिसकेको छैन ।

पुुँजीबजार भनेको लगानीको स्रोत जुुटाउने माध्यम पनि हो । यो माध्यममा सबैको पहुँच सहज हुुनुुपर्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्ममा साना ठूला लगानीकर्ताहरु जो सेयरमा लगानी गर्न चाहन्छन्, उनीहरु यो बजारमा अट्न सक्नुुपर्छ । हालको समयमा भने यो अवस्था छैन । अहिले जति पनि सेयर ब्रोकर कम्पनीहरु रहेका छन् । एकाधबाहेकका सबैजसो कम्पनीहरु राजधानी केन्द्रित रहेका छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकर कम्पनीहरुलाई उपत्यकाबाहिरका जिल्लामा पनि शाखा खोल्न निर्देशन दिएको भए पनि त्यो अझै प्रभावकारीरुपमा कार्यान्वयन हुुनसकेको छैन । यो अवस्थामा वाणिज्य बैंकहरुलाई सेयर कारोबारको लागि लाइसेन्स दिनुु अनिवार्य भइसकेको छ । ब्रोकर कम्पनीहरुका तुुलनामा वाणिज्य बैंकहरु सबै सुविधासम्पन्न रहेका छन् जुन सुविधा सेयर कारोबारको लागि आवश्यक पर्छ । अर्कोतर्फ वाणिज्य बैंकहरुको पहुँच हालको अवस्थामा सातवटा प्रदेशका ७७ वटै जिल्ला र उक्त जिल्लाका पनि सबै स्थानीय तहमा पुगिसकेका छन् ।

अहिले २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका छन् । मुुलुकभर अहिले सातवटा प्रदेशमा सात ५३ स्थानीय तहरु रहेकोमा सात सय ४१ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको शाखा पुगिसकेको छ । बाँकी रहेका १२ स्थानीय तहमा पनि छिट्टै नै वाणिज्य बैंकहरुले शाखा पु-याउनेछन् । अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त वित्तीय संस्था समेतका गरी देशभर नौ हजार दुुई सय २३ शाखाहरु सञ्चालनमा रहेका छन् । यीमध्ये वाणिज्य बैंकहरुको मात्र सबै क्षेत्रमा गरी तीन हजार नौ सय ३५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यस अर्थमा पनि वाणिज्य बैंकहरुको पहुुँच अहिले देशव्यापी भइसकेको छ । वाणिज्य बैंकहरुको यिनै शाखाहरुमार्फत देशका कुुनाकाप्चाका सबै किसिमका जनतालाई पुँजीबजारमा ल्याउनको लागि पनि वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुुपर्छ । ब्रोकर कम्पनीहरुको हालको पहुँच पूर्वाधारहरुलाई नै आधार मान्दा पनि सबै क्षेत्रका जनताहरुले पुँजीबजारमा सहज पहुँच स्थापित हुुनसक्दैन । यो अवस्थामा ब्रोकर कम्पनीहरुले पनि आफ्नो व्यक्तिगत अथवा भनौँ समूहगत स्वार्थबाट माथि उठेर, केही नाफा केही घाटाबाट माथि उठेर वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुरामा सर्वसम्मत हुुनुुपर्छ । कुुनै पनि किसिमको स्वार्थको लागि आम नेपाली नागरिकको पुँजीबजार प्रवेशलाई रोकतोक गर्नुहुँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया