Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रधानमन्त्रीको असक्षम छनौट

प्रधानमन्त्रीको असक्षम छनौट


काठमाण्डौँ,माघ ७
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले आइतबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा आलीको छनौटको राजनीतिक नियुक्ति नै असक्षम, अयोग्य, निम्छरो, नालायक, स्वार्थी, मतलवी नै भने पनि हुने व्यक्तिले पाउने गरेको स्पष्ट भएको छ । प्रधानमन्त्री ओलीको ठाडो आदेशमा पर्यटन मन्त्रालयको सचिवलाई निगमको अध्यक्ष हुने नियम संसोधन गर्न लगाएर २०७५ साल भदौ ३१ गते उनी कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । उनी नियुक्त हुनुको तीन कारण थिएः पहिलो कारण खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरेर महाप्रबन्धक सुगरत्न कंशाकारलाई तेजोबध गर्नु, दोस्रो कारण निगमका साना जहाज एउटा निजी विमान कम्पनीलाई लिजमा दिनु थियो । खरेलले यिनै कामका लागि षड्यन्त्र गरिरहे तर त्यसले प्रतिफल दिएन, झन् प्रत्यिुत्पादक बन्दै गयो । २०६९ सालमा पनि यस्तै भएको थियो । उनको पालामा चीनसँग ६१ वटा जहाज किनिएको थियो । ती जहाज अहिलेसम्म एक दिन पनि चलेका छैनन् । अहिले ती जहाज ग्राउण्डेड छन् ।
खरेलको पहिलो कार्यकालमा जीटुजी सम्झौतामा खरीद भएका थिए । ती जहाज कति मूल्यमा किनिएका थिए भनेर दुवै देशका कुनै अधिकारीले पनि बोलेका छैनन् । तर, त्यतिबेला बजारमूल्यभन्दा अत्यधिक मूल्य देखाएर ती चिनिँया जहाज ल्याइएको आशंका गरिएको छ । बढी मूल्य देखाएर ल्याएका जहाजको त्यही कमिशन खाएकाले प्रधानमन्त्री ओलीले आफ्नो पहिलो रोजाइमा खरेललाई दोस्रो पटक निगमको कार्यकारी अध्यक्ष बनाएको पनि हुन सक्दछ । होइन भने खरेलसँग त्यस्तो अर्को कुनै गुण छैन, जसको कारण उनलाई निगममा नल्याई नहुने थियो । खरेलले पहिलो नियुक्तिको पनि पूरा कार्यकाल काम गरेनन् । चिनियाँ विमान किनेपछि काम फत्ते गरेर उनले बीचैमै राजीनामा गरेर अष्टे«लियातर्फ भासिएका थिए । तर, त्यसभित्र छानबिन नहुने भएपछि उनी स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीले पुरस्कृत गरेर निगमको कार्यकारी अध्यक्ष बनाए । प्रधानमन्त्री ओलाीका लागि उनको नियुक्ति आफ्नै खुट्टामा वञ्चरो हानेजस्तो भयो । खरेल निगम भत्काउन गएका थिए, जति भत्काउन चाहन्थे त्यति भत्काउन सकेनन् ।

किनकी त्यसको असर प्रधानमन्त्रीलाई नै पथ्र्यो । बिस्तारै यस्तो घटनाक्रम विकसित हुँदै गयो कि प्रधानमन्त्री ओलीले खरेललाई हटाउन निर्देशन नै दिनु प¥यो । त्यो बर्खास्तीको बेइज्जती खप्नुभन्दा राजीनामा दिएर भाग्नु नै बेस ठानेर उनले राजीनामा दिएका हुन् । प्रधानमन्त्री ओलीको रोजाइको यो नियुक्तिमा इमानजमान कहीँकतै देखिएन । उनको पहिलो कार्यकालको चिनियाँ विमान अहिले निगमका लागि गलगाँडजस्तो बनेको छ । त्यसपछि कंसाकारले चारवटा विमान खरीद नगरिदिएको चए वोइङ थन्किएपछि निगम अन्तर्राष्ट्रिय उडानको लागि विमानविहीन हुने रहेछ । त्यही गराएर विदेशी विमान कम्पनीका एजेन्टहरूलाई पोस्न र आफूलाई पनि मोटाउन यिनले जतिसुकै धम्मरधुस गरे पनि सफल हुनचाहिँ सकेनन् । मामाभान्जाको गोरु बेचेको साइनो जोडेर पाएको नियुक्ति पानी बाराबारको अवस्थामा पुगेर राजीनामामा परिणत भएको छ । यो घटनाले मान्छेले आफू जस्तो छ, त्यस्तैको मात्रै सङ्गत गर्दोरहेछ भन्ने पनि स्पष्ट भएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया