Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिर्यातको बढेको अंक कति स्थिर कति अस्थिर

निर्यातको बढेको अंक कति स्थिर कति अस्थिर


काठमाडौं । आयात १५ खर्ब हुँदा निर्यात एक खर्ब भयो । यो १५ खर्ब भनेको देशको कुल बजेटभन्दा पनि केही बढी अंक हो । यद्यपि चालू आर्थिक वर्षमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको अंक साढे १६ अर्बको थियो । यो मानेमा बजेटभन्दा त व्यापारघाटा बढेको छैन भनिएला । तर खर्चको हिसाबमा त यो अंक धेरै बढी हो ।

बितेको आर्थिक वर्षमा कुल ११ अर्बको हाराहारीमा खर्च भएको छ । यो अंक कस्तो भने समृद्धि घर आँगनमै र महसुस हुनेगरी परिवर्तन भइरहेको भनी दाबी गरिरहिएकै बेलाको देशको व्यापारिक अवस्था हो यो । यसले अर्को पनि अवस्था देखाउँछ । त्यो हो देश परम्पारगत अवस्थाबाटै गुज्रिरहेको छ । आयात गरेर देशको आपूर्ति अवस्था मिलाउनुपर्ने स्थिति परम्परामा आश्रित नै हो । यसमा अलिकति पनि सुधार भएको देखिएन ।

यस्तो बेलामा पनि निर्यातको अवस्था अर्थात् अंकलाई हेरेर गर्व मान्नुपर्ने अवस्था आएको बताइरहिएको छ । आर्थिक वर्ष २०७७ –७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात भएको सरकारी तथ्यांक छ । यही अंकलाई हो निर्याततर्फ नेपालले ऐतिहासिक सफलता हात पारेको भनी बताइएको ठाउँ । एक अर्थमा यो ऐतिहासिक सफलता नै हो पनि । विज्ञहरुका अनुसार नेपालमा निर्यात व्यापारले पहिलो पटक खर्बको अंक नाघेको छ । यो भनेको निर्यात व्यापारकोे वृद्धिदर ४४ दशमलव ४३ प्रतिशत रहेको अवस्था हो ।

अघिल्लो वर्षको यो व्यापार अर्थात् निर्यातले खर्ब टेकन पनि सकेको थिएन । त्यस वर्षको अंक थियो ९७ अर्ब ७० करोड रुपैयाँ । यो पक्षबाट हेर्दा निश्चय नै समीक्षा भएको वर्ष निर्यात व्यापारले एउटा सीमा नाघेको छ सकारात्मकतर्फ । सवाल हो यसलाई कसरी जोगाइराख्ने भन्ने । यो निर्यात कुनै दिगो र आफ्नो देशको उत्पादनबाट भएको होइन । यद्यपि ती वस्तुका पनि केही योगदान रहेका होलान् तर बढीचाहिँ त्यस्ता वस्तुको निर्यात भएको छ जो सधैँ थिर रहँदैनन् ।

प्रत्येक वर्ष बढ्नुपर्ने ठाउँमा घट्दै गयो भने अवस्था के होला भन्ने सधँै चिन्ता रहन्छ । नेपाल उद्योग वाणिज्य महासंघ, निर्यात प्रवद्र्धन समितिले केही पहिले निर्यातको आँकडाभन्दा प्रवृत्तिको विश्लेषण गरेर भरपर्दो अवस्था नरहेको बताएको थियो । त्यसमा निर्यातको दिगोपनामाथि नै प्रश्न खडा गरिएको थियो ।

निर्यात बजारको अस्थिरताका लागि केही वस्तु उदाहरणका रुपमा आएका छन् । जस्तो गत आर्थिक वर्ष २०७६–७७ पाम आयलले निर्यात बजारको ठूलो अंश ओगटेको थियो । पछिल्लो वर्ष त्यसको निर्यात कल्पनै गर्न नसकिने गरी घट्यो । पछिल्लो वर्ष त्यसको ठाउँ भटमासको तेलले लियो ।

आव २०७७–७८ मा भटमासको प्रशोधित तेलले लियो । अघिल्लो वर्ष पाम आयालको निर्यात योभन्दा बढी थियो । यो वर्ष त्यो कायम हुन सकेको भए निर्यातको अंकले वास्तवमा नै कीर्ति कायम गर्ने थियो । आउँदो वर्ष भटमासको तेलको निर्यात आयात नै चालू आव २०७८/७९ मा कायम रहला भन्ने निश्चित छैन । त्यस कारण निर्यातमा माथि उल्लेख भएको अंक के आउँदो वर्ष स्थिर रहला ? यो प्रश्नको भरपर्दो उत्तर नआउन्जेल खुशी हुने अवस्था छैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया