Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराष्ट्र बैंकले बेलैमा कदम चालोस्

राष्ट्र बैंकले बेलैमा कदम चालोस्


नेपाल राष्ट्र बैंकले यसै साता चालू आर्थिक वर्षको पाँच महिनाको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवदेन सार्वजनिक ग-यो । उक्त प्रतिवेदनअनुसार मुुलुकको निर्यातमा केही सुधार देखिएका कारण व्यापारघाटामा समेत विगतको तुुलनामा केही कमी आएको देखियो ।
राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले वैदेशिक व्यापारमार्फत पाँच खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँको घाटा व्यहोरेको देखियो । यस अवधिमा कुुल वस्तुु व्यापारघाटा विगतका वर्षहरुको तुलनामा छ दशमलव तीन प्रतिशतले घटेर उक्त परिमाणमा कायम थियो ।

प्रतिवेदनअनुसार चालू आवको पाँच महिनामा कुल वस्तुु निर्यात बढेर ४७ अर्ब ६२ करोड रुपैयाँ पुुगेको देखियो । यो निर्यात गत आवको सोही अवधिको तुुलनामा २७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा कुल वस्तु आयात चार दशमलव दुुई प्रतिशतले घटेर पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको देखिएको छ भने विप्रेषण आप्रवाह (रेमिट्यान्स) शून्य दशमलव एक प्रतिशतले बढेर तीन खर्ब ७६ अर्ब ९९ करोड कायम रहेको देखिएको छ ।

राष्ट्र बैंकको सोही प्रतिवेदनअनुसार वित्तीय प्रणालीमा झण्डै आठ खर्ब रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको देखिएको छ । अन्तरबैंक कारोबार भनेको बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो संस्थामा रकम अभाव हुुँदा न्यूनतम ब्याजमा अल्पकालीन अवधिको लागि अर्को कुुनै बैंक तथा फाइनान्स कम्पनीहरुसँग रकम सापटी लिनुु हो । यस अर्थमा वित्तीय प्रणालीमा अन्तरबैंक कारोेबार बढ्नु भनेको बैंक तथा फाइनान्स कम्पनीहरुमा रकम अभाव देखिनुु पनि हो । यही कारण पनि वित्तीय क्षेत्रमा अहिले अन्तरबैंक कारोबारको ब्याजदर समेत बढेको छ ।

चालू आवको पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरुले सात खर्ब ९७ अर्ब ८९ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरुले ७४ अर्ब १६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः पाँच खर्ब ४० अर्ब ७७ करोड र ६७ अर्ब ७० करोडको यस्तो कारोबार गरेका थिए । अन्तरबैंक कारोबार बढेकै आधारमा पनि बैंकिङ प्रणालीमा पछिल्लो समय रकम अभावको समस्या देखिनसक्ने सम्भावना बढेर गएको छ ।

यदि यस्तो हो भने राष्ट्र बैंकले बेलैमा उचित कदम चाल्नुुपर्छ । विभिन्न किसिमका अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका मौद्रिक उपकरण जारी गरेर वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाउनुुपर्छ । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बेलैमा यस्तो कदम नचाल्ने हो भने वित्तीय प्रणालीमा फेरि पनि समस्या नकारात्मक समस्या देखिनेछ । यसको नकारात्मक असर मुुलुुकको सिंगो वित्तीय प्रणाली अथवा भनौँ देखिनसक्छ । यो अवस्था आउन नदिन राष्ट्र बैंकले बेलैमा ठोस कदम चालोस् !


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया