काठमडौँ । मुलुकमा लोकतन्त्र छ । लोकतान्त्रिक सरकार छ । सरकारका मन्त्रीहरू र सत्तारुढ दलका नेताहरूले विकासमा फड्को मारेको र सुशासन कायम रहेको भाषण गरिरहेका छन् । उनीहरू थाकेका छैनन् । अर्कातिर प्रतिपक्षी दलका नेताले भ्रष्टाचार व्यापक बढेको आरोप लगाएर विश्राम लिएका छैनन् ।
केही समयअघिसम्म सरकारमा रहेर विकासको मूल फुटाएको दाबी गर्नेहरू पनि भ्रष्टाचार भएको भाषण गरेर थाकेका छैनन् । त्यस्तै अवस्था छ, अस्तिसम्म प्रतिपक्षमा रहेर अहिले सत्तामा पुुगेको दलको पनि । तर यर्थाथमा त्यस्तो अवस्था नै होइन । हिजो र आजको अवस्थामा कुनै पनि परिवर्तन भएको छैन । बोल्ने पात्र मात्र फेरिएका हुुन् । अवस्था उस्तै हो, एउटै छ, दयनीय । जता हे-यो उतै धुत्ने र खाने दाउ खोजिरहेका पात्रहरू मात्रै भेटिन्छन् ।
मालपोत कार्यालयमा काम गर्न गयो भने चियाखर्च नदिई फाइल अघि बढ्दैन । अदालत होस् या सडकमा बस्ने ट्राफिक सबैतिर खाने दाउ हेरेर बसेका हुुन्छन् । प्रधानमन्त्री कार्यालयमा जाऔँ या मन्त्रीकोमा त्यहाँ पनि खाने दाउ हेर्ने मात्र छन् । प्रधानमन्त्री, मन्त्रीहरू ठूला–ठूला प्रोजेक्टहरू हेर्छन् । कार्यालयका सहयोगीहरू चियाखर्च खोज्छन् । तर प्रवृत्ति उही हो । सबैले कसरी खाने भन्ने दाउ नै हेरिरहेका छन् । यो वर्तमानको कटुु यथार्थ हो ।
जोसुकैलाई जुनसुकै कामको कुरा गरे पनि उसको पहिलो प्रश्न हुन्छ, ‘कति आउँछ ?’ आफूलाई केही नआउने काम कोही पनि गर्न चाहँदैनन् । आफूलाई भाग आउने भए गर्न नमिल्ने काम पनि फाइल मिलाएर गर्छन् । दिन नसक्नेको काम जतिसुकै राम्रो भए पनि हुँदैन । आफूलाई अतिरिक्त आम्दानी हुने भएन भने ड्युटीमा बसेकाले पनि गर्नुपर्ने काम गर्न छाडेका छन् । प्रधानमन्त्री, मन्त्री, सचिव, आईजीपी र मातहतका कर्मचारीले आफूलाई केही नहुने भए हुनुपर्ने काम भए पनि गर्दैनन् । अहिले जताततै यही विसङ्गति मौलाएको छ । यहाँसम्म कि समाजसेवी र राजनीतिक कार्यकर्ताहरू पनि जनतालाई साथ दिनुुपर्दा आफूलाई भाग खोज्ने गर्छन् ।
अहिले राज्यका हरेक निकायमा यसरी खाने दाउ हेरेर बसेका मानिसहरू मात्र देखिन्छन् । उनीहरू जे–जस्ता मानिस भए पनि कसैलाई पनि आफ्नो काम कुकर्मप्रति लाजसरम केही छैन । उनीहरूले लाज पचाइसकेका छन् । पहिले सरकारी कार्यालयतिर मात्र देखिन्थे बिचौलियाहरू । तर हिजोआज जताततै भेटिन्छन् । ठूलाबडाहरूको त भान्छा र बैठक कोठामा भेटिन्छन् ।
देश र जनताको सेवा त हात्तीको देखाउने दाँतजस्तो मात्र भएको छ । चपाउने दाँत अर्के रहेछ । जबसम्म जनता जागरुक हुँदैनन् तबसम्म देश र जनताप्रति यस्तो गद्दारी भइरहन्छ । तर जनता जागेको दिन मुसा ढुकेर बसेको बिरालाजस्ता ढाडेहरू दुलो पस्ने दिन अवश्य आउनेछ । यिनीहरुको छिनोफानो हुुने नै छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया