Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनयाँ भेरिएन्टको खतरा र खोपमा खेलबाड

नयाँ भेरिएन्टको खतरा र खोपमा खेलबाड


काठमाडौँ । यतिबेला सरकारले खोपमा खोलवाड गरिरहेको जस्तो देखा पर्दै छ । खासगरी संक्रामक रोगका सन्दर्भमा नेपालका लागि छिमेकी देश भारतको अवस्था सधैँ सतर्कताका लागि नमूना र सतर्क भइएन भने खतरनाक हुँदै आएको छ ।

यो कोभिड –१९ को प्रसङ्ग हो । अघिल्लो पटक कतिपय नेपाली नागरिकलाई आफ्नो घर आउन समेत रोकियो । कारण थियो भारतमा कोभिड –१९ को व्यापक विस्तार हुनु । हुन पनि त्यसबेला संक्रमण र त्यसबाट भएको क्षतिमा भारत संसारभरिकै नम्बर एकमा पुग्दै थियो । भीमकाय जनसंख्या भएको भारतमा रातबिहान जसरी यो प्रकोप विस्तार हुँदै गयो त्यसको प्रभाव छिमेकी देश नेपालमा नपरी रहने अस्वस्था थिएन । तर पनि त्यो चरणमा नेपाल केही हदसम्म जोगिएको हो नै ।

केही आफ्ना व्यवस्थापकीय कमजोरी नभएको भए दोस्रो चरणमा जति मानवीय क्षति भयो त्यति पनि हुनेथिएन भन्छन् विज्ञहरू । पछिल्लो समय भारतमा जसरी नयाँ भेरिएन्ट विस्तार हुँदै छ त्यसले नेपालमा पनि अवस्था असामान्यतर्फ लाग्न सकने संकेत गराउँछ बेलैमा सतर्क भइएन भने ।

उता भारतमा हप्तामा झण्डै पाँच गुणाले कोरोना संक्रमित बढ्न थालेका छन् भने यता नेपालमा झन् तीव्रता अपनाउनुपर्ने खोपको विस्तार धीमा हुँदै छ । एउटाचाहिँ के प्रस्ट भयो भने कोभिड–१९ का संक्रमण रोक्ने माध्यम खोप नै हो । जब त्यसलाई धिमी बनाइन्छ अनि सरकारको प्रतिबद्धतामाथि प्रश्न खडा हुन्छ ।

छिमेकी देश भारतमा २४ घण्टामा करिब आधा लाखको संख्याका नयाँ संक्रमित थपिएको पाइयो । एक हप्ताअघि सात हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए भने त्यसपछिको एकै हप्तामा दैनिक संक्रमितको संख्या पाँच गुणाले वृद्धि भयो । संक्रमणदर मात्रै होइन पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

योमध्येमा धेरै खतरनताक भनिएको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या ठूलो छ । त्यसले अहिले भारतको कुनै पनि राज्य छाडेको छैन । हालसम्म २३ राज्यमा यो भेरिएन्ट फेलापरेको त्यहाँको स्वास्थ्य मन्त्राालयले जनाएको छ । मन्त्रालयकै अनुसार ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा छ दिल्ली ।

त्यस्तै, केरला गुजरात तमिलनाडु राजसंस्थान आदि ओमिक्रोन देखा परिसकेका राज्यमा पर्छन् जो नेपालीहरूको अत्यधिक आवतजावत भइरहने ठाउँ हुन् यी । कोरानाको नयाँ भेरिएन्ट ओमिक्रोन अहिलेसम्मको सबैभन्दा तीव्र संक्रमण हुनेमध्येमा पर्छ । त्यस कारण पनि छिमेकी मुलुकमा व्याप्त भएको अवस्थामा नेपलमा सतर्कताको अवस्था कस्तो छ भनेर सरकारलाई घचघच्याउन आवश्यक ठानिएको हो ।

नेपालमा खासगरी नयाँ सरकारको पहिलो घोषणा थियो, आउँदो चैत अन्तिमसम्म कोभिड १९ विरुद्धको खोप सबैले पाइसक्नेछन् भन्ने  । खतराको स्थितिले चैतसम्म पनि पर्खन दिँदैन, माथिका विवरणलाई आधार मान्ने हो भने । त्यसमाथि खोपका मात्राहरू पर्याप्त मात्रामा उपलब्ध हुँदाहुँदै पनि यता अभियान भने शिथिल बन्दै गएको आम बुझाइ छ जो खतराको संकेतसँग लड्ने मनसुवा बुझाउँदैन । जस्तो दिनमा पाँच लाख खोप दिने भनियो । तर १५ दिनमा पनि त्यो मात्रा पुगेन ।

पछिल्लो समयको अवस्था कस्तो भने यता खोपचाहिँ पर्याप्त हुनेगरी नियमित आइरहेको छ भने त्यस्तै पर्याप्त हुनेगरी वितरण हुन सकिरहेको छैन । सरकार कति सतर्क छ भन्ने प्रश्न उठेको ठाउँ पनि यही हो । पछिल्लो समय सरकारले नै घोषणा गरेर अतिरिक्त मात्रा दिने भनियो । फेरि रोकियो । यी भनेको खोपमा खेलबाडको अवस्था हो । सरकारले ध्यान देओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया