Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयव्यापार घाटा कम गर्ने उपाय खोजौँ

व्यापार घाटा कम गर्ने उपाय खोजौँ


नेपाल राष्ट्र बैंकले यसै साता देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिनाको प्रतिवेदन सार्वजनिक ग-यो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को छ महिनासम्ममा कुल वस्तु व्यापार घाटा छ दशमलव एक प्रतिशतले घटेर छ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँमा सीमित रहेको देखिएको छ । यसैगरी कुल वस्तु निर्यात २६ दशमलव एक प्रतिशतले बढेर ५७ अर्ब २८ करोड देखियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । चालू आवको छ महिनामा कुल वस्तु आयात चार प्रतिशतले घटेर छ खर्ब ९४ अर्ब ६९ करोड कायम रहेको देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलव पाँच प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात नौ दशमलव एक प्रतिशतले घट्दा चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव एक र शून्य दशमलव चार प्रतिशतले बढेको देखिएको छ । चालू आवको पछिल्लो छ महिनामा विप्रेषण आप्रवाह शून्य दशमलव नौ प्रतिशतले बढेर चार खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३० दशमलव दुुई प्रतिशतले बढेको थियो । राष्ट्र बैंकको यो तथ्यांकअनुसार मुलुकको व्यापार घाटामा कमी आएको देखिएको छ । पछिल्लो समय मुुलुकको आयात घटेकै कारण व्यापार घाटामा केही कमी आएको हो ।

आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढेको जुुनसुकै मुुलुकको लागि पनि व्यापार घाटामा कमी आउनुु सुुखद् हो । तर, त्यो सुुख त्यतिबेलासम्म कायम कायम हुुन्छ, जबसम्म व्यापार घाटाको घटाई दीर्घकालीन हुुन्छ । व्यापार घाटा कम हुुनुको लागि मुुलुकले आन्तरिक उत्पादन बढाउनुु पर्छ । हामीले कृषि ऊर्जा, पर्यटन, मानवस्रोतलगायतका माध्यमद्वारा व्यापार घाटा कम गर्ने हो । जबसम्म यी कुराहरुमा हामी बलियो हुुन सक्दैन । व्यापार घाटाको घटाई क्षणिक हुन्छ । अथवा भनौँ घटेको व्यापार घाटा केही लाख, केही करोड रुपैयाँमा सीमित हुन्छ । वर्षेनी १२ खर्ब रुपैयाँको हाराहारीमा व्यापार घाटा हुुने यो मुलुुकको व्यापार घाटाको घट्दा दरलाई खर्ब रुपैयाँमा पु¥याउन सक्नुु पर्छ । चालू आवको छ महिनामा छ खर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको मुुलुकमा गत आवको सोही अवधिको तुुलनाम केही प्रतिशतले व्यापार घाटामा सङ्कुुचन आयो भन्नुुले अर्थतन्त्रमा खासै तात्विक भिन्नता नराख्न सक्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया