Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएडीबीको चासो

एडीबीको चासो


दुई तिहाइ बहुमतको दर्बिलो सरकारले मुलुकमा द्रुत गतिका आर्थिक विकास भइरहेको दाबी गरिरहेका बेला नेपालको दातृ निकायहरूमध्येको एक प्रमुख दातृ निकाय मानिने एसियाली विकास बैंकले आफूअन्तर्गतका परियोजनामा लगानी गरेको छ । तर, तीमध्ये अधिकांश आयोजनाको कार्य सुस्त रहेको उसले निष्कर्ष निकालेको छ ।

राजनीतिक संक्रमणकाल सकिएपछि मुलुकमा बन्दहड्तालको अन्त्य भएको छ । अहिले नेपालमा जननिर्वाचित सरकार मात्र छैन, दुई तिहाइ बहुमतको सरकार अत्यन्त बलियो पनि छ । यस्तो अवस्थामा नेपालको विकास दु्रत गतिमा हुनु पर्ने हो । सैद्धान्तिकरूपमा प्रधानमन्त्रीले विकास दु्रत गतिमा हुनेछ भन्नुभएको होइन, दु्रत गतिमा विकास भइरहेको छ । विकास देख्न नचाहनेले नदेखेका छन्, मन मुटु भएका सम्पादक नभएकाले नलेखेका हुन् भन्नुभएको हो । तर, प्रधानमन्त्रीले भनेजस्तो दु्रत गतिमा विकास निर्माणको काम भएको आर्थिक विकासका कुनै पनि सूचकांकले देखाएका छैनन् । एसियाली विकास बैंकको मध्यावधि समीक्षाको निष्कर्षले पनि प्रधानमन्त्रीको दाबीलाई सत्य साबित गर्न सकेन ।

नयाँ परिवेशमा नयाँ सरकार आएपछि मुलुकमा तीव्ररूपमा विकास निर्माण हुनुपर्ने थियो । मुलुकका हरेक क्षेत्रमा यही अपेक्षा थियो । । नयाँ सरकार आएपछि मुलुक विकास निर्माण गर्न नयाँ टिम आएको छ । प्रधानमन्त्रीले हिजोसम्म आफूमा आश्रित व्याक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पनुभएको छ । देशमा परिवर्तन हुन नसके पनि उनीहरूको जीवनमा चाहिँ आमुल परिर्वतन आएको छ । उनीहरूको जीवनशैलीमा आएको परिवर्तनलाई हेरेर प्रधानमन्त्रीले सिङ्गो मुलुकमा दु्रत गतिमा विकास भएको देख्नुभएको हो भने उहाँको दृष्टिदोष मात्रै हो । दुई तिहाइ बहुमतको सरकार आएको दुई वर्षसम्ममा पनि जनताको आर्थिक तथा सामाजिक उन्नतिमा कुनै बढोत्तरी भएको छैन ।

जनताले देशका लागि केही गर्लान् कि भनेर आशा गरेका प्रधानमन्त्री यसरी आसेपासे र तमासे एवं सीमित स्वार्थी समूहको घेराबन्दीमा परेर त्यसकै स्वार्थअनुसार परिचालित हुनु कसैका लागि पनि राम्रो होइन । उहाँले त्यो घेरा नाघेर बाहिर आउने प्रयास गर्नु प-यो । जनताको हितमा काम गर्ने साहस देखाउनु प-यो । होइन भने जनतालाई सधै माछो–माछो भ्यागुतो भनेजस्तो गरिरहनु भएन । बोली र व्यवहारमा उल्टो भइरहेको छ । एसियाली विकास बैंकको चासो पनि यही हो । उसले गरेको मध्यावधि समीक्षाले दक्षिण एसियाली मुलुकहरूमा नेपालको विकास गति सबैभन्दा सुस्त रहेको छ । तर, सरकार त्यो मान्न तयार छैन । सरकारले त्यसलाई आत्मसात गर्न नसक्नु अर्को चिन्ताको विषय बनेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया