Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविकासका काममा कहिलेसम्म ‘होलिडे’ ?

विकासका काममा कहिलेसम्म ‘होलिडे’ ?


काठमाडौं । विकास निर्माणको काममा पनि ‘होलिडे’ हुन्छ ? ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तो नेपालमा त्यस्तै भइरहेको छ । त्यो पनि कुनै एक/दुई दिनको लागि होइन अनिश्चतकालसम्म नै । अर्को अचम्म के भयो भने यो कहिलेसम्म रहन्छ भन्ने पनि निश्चित भएन । एक त विकास भनेको निरन्तर चल्ने प्रक्रिया हो । यसको न कहिले अन्त्य हुन्छ न प्रारम्भ नै । एउटा कार्यक्रम सकिएला, त्यसैबेला अर्को एउटा प्रारम्भ होला । यी सबै कार्यक्रमको अवस्थामा भर पर्ने कुरा हुन्, तर होलिडे भनेर न तिनलाई रोक्न मिल्छ न मन लाग्यो भनेर प्रारम्भ गर्न नै । तर नेपालमा चाहिँ त्यस्तै भइरहेको छ । यता यस्तो गर्ने ठेकेदाहहरूमाथि चेतावनीका लागि कारबाही गर्नुको साटो सरकारी कर्मचारी भने उनलाई नोक्सानी परेको भनी सहानुभूति प्रकट गरेर नियमावली नै शंसोधनको तयारी गर्न लागेका भन्ने समाचारहरू आउन थालेका छन् । यो पनि आफैँमा एउटा उदेकलाग्दो हुनुपर्छ ।

बितेको लामो समयदेखि निर्माण व्यवसायीहरूले विकास निर्माणको काममा औपचारिकरूपले नै अवरोध पु¥याइरहेका छन्, निर्माण होलिडेका नाममा । उनीहरूको माग हो खरिद नियमावली संशोधन हुनुपर्छ भन्ने । अहिलेको नियमावलीले उनीहरूलाई घाटा भएको ठहर छ व्यवसायीहरूको । जब निर्माण व्यवसायीले काम छाडेर सडक आन्दोलन रोजे त्यस दिनदेखि विकासका कामहरू ठप्प छन् भने काम नभएपछि विकासखर्च पनि रोकिने भयो नै । पछिल्लो समय विकासखर्चमा विगतको भन्दा धेरै नै बढी हुनेगरी ह्रास आएको स्थिरतको कारण पनि यही हुनुपर्छ । यतिबेला विकासखर्च बढ्ने बेला हो । वर्षभरि हुन नसकेको खर्च जेठ र असारमा एकैचोटी हुनेगरेको विगतका उदाहरण छन् ।

चालू आर्थिक वर्ष सकिन अब एक महिना पनि बाँकी छैन । अब बढी खर्च यस्तो समय महिना होइन दिनमा गणना हुन थालेको छ । तर यता निर्माणाधीन रहेका देशैभरिका परियोजनाहरू ठप्प छन्, जसले विकासको काम र खर्चलाई पनि असर पर्ने भयो नै । सार्वजनिक पूर्वाधार निर्माणसँग सम्बन्धित निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठको मसान्तसम्म विकासको रकमबाट ४१ प्रतिशत मात्र खर्च गरेको विवरण प्रकट भएको छ । चालू वर्ष यो मन्त्रालयका नाममा ‘एक खर्ब ५६ अर्ब २५ करोड १० लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा यो बेलासम्म ६४ अर्ब छ करोड २९ लाख २६ हजार रुपैयाँ मात्र खर्च भएको देखिएको छ । यो मन्त्रालयले गर्ने काम भनेको सडक, पुललगायतका पूर्वाधारहरूको निर्माण नै हो । निर्माण होलिडेले त्यसलाई रोकिदियो । त्यसको असर कस्तो प¥यो भने यतिबेला त हुनैपर्ने पुँजीगत खर्च पनि हुन पाएन । त्यसले विकासको अवस्था पनि बुझाउँछ । अर्थात् सबैभन्दा बढी काम हुने समय पनि होलिडेका कारण विकास निर्माण ठप्प भयो ।

यी काम जसरी रोकियो त्यसको प्रकृतिले रोक्नुपर्ने अवस्था नै होइन । सरकारका सम्बन्धित निकाय र निर्माण व्यवसायी एक–अर्काका पुरक सम्बन्ध भएका संस्था हुन् । यिनीहरू आपसमा टेबुलमा नै बसेर सुल्टाउने विषय हुन् । विकास निर्माणको काम नै रोकेर यसरी होलिडे मनाउन थालियो भने यो दण्डनीय हुन जान्छ । महिनौँसम्म विकासमा त्यस्तो अवरोध गर्ने अधिकार कसैमा पनि छैन । सरकारमा रहेकाहरूले होलिडे भनेर जब व्यवसायी सडकमा आए, त्यसपछि नै सरकारले विकल्प खोज्नु पथ्र्यो । सरकारी पक्षबाट यो ठाउँमा गल्ती भएको छ । त्यसै पनि चालू आर्थिक वर्षको ११ महिनासम्ममा पुँजीगत खर्च ३६ दशमलव दुई प्रतिशत मात्र भएको भनी सरकार आलोच्य भइरहेको छ । त्यसलाई सच्याउनुको साटो यस्ता सुन्दै उट्पट्याङजस्ता कार्यक्रम चल्न दिएर के गर्न खोजिएको हो भन्ने बुझ्न सकिएन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया