काठमाडौं । गएको हप्ता एउटा अचम्मको समाचारले देश तरंगित भयो । यस्तो समाचारलाई हाँस्यास्पद भन्ने कि देशकै लज्जाको विषय मान्ने भन्नेचाहिँ आफ्नै ठाउँमा छ । यदि यसलाई आधार मान्ने हो भने देश चलाउँछु भनी पद ग्रहण गरेकाहरूले चलाएका छैनन् । बरु कतै अनुमान नै नगरिएका शक्तिहरू देशका सञ्चालक भएका रहेछन् । त्यो समाचारको विवरण राम्ररी पढियो भने जो–कोहीले पनि यस्तै महसुस गर्नुपर्ने हुन्छ । घटना नै त्यसरी प्रकट भए ।
विदेशबाट एउटा ठूलो दलबलसहित त्यहाँको राजकीय तहका उच्च पदाधिकारी ठूलो दलबलसहित नेपाल आए । उनले यो भ्रमणका क्रममा सुनका लौराहरू बाँडे । त्यस्ता लौरा प्राप्त गर्ने व्यक्ति थिए, नेपालमा एउटा क्षेत्रका माफिया भनी चिनिने र चिनाइने व्यक्ति । त्यस्तो लौरो प्राप्त गर्दा अर्थात् ग्रहण गर्दा लगाएको कालो चस्मा पनि त्यत्तिकै चर्चामा आयो । विदेशको एउटा उच्च पदाधिकारीले यसरी भ्रमण गर्दा र त्यस्तो उपहार दिँदा भने यो राज्यले त्यो घटना भइसकेपछि मात्रै थाहा पायो । अझ त्यसपछि त के भयो भने सुनको लौरो बाँड्ने ती पदाधिकारी आफैँ सक्कली हुन् कि नक्कली भन्ने प्रश्न गर्दै समाचार विवरण आएका छन् ।
यसलाई हाँसोमा उडाउने हो भने विषय आफैँ सकिन्छ तर त्यतिले पुग्दैन । यो कुरा देशको इज्जतसँग पनि जोडिन्छ । मेडिकल माफिया भनी चिनिने व्यवसायी तथा प्रमुख प्रतिपक्षी दलका एक केन्द्रीय सदस्य नेपाली पक्ष भएर यो विषय प्रारम्भ हुन्छ । उनले आफ्नो निमन्त्रणामा दुबईका राजकुमार नेपाल भ्रमण आउन लागेको भनेर प्रचार गरेका थिए । नभन्दै ती व्यक्ति दलबलसहित नेपाल भ्रमणमा पनि आए । तर उनी दुबईका राजकुमार शेख हमदम बिन मोहम्मद बिन रसिद अल मक्तुम होइनरहेछन् । तर उनै हुन् भनेर प्रचार गरियो । कतिसम्म भने प्रसाईँले सुनको लौरो पनि पाए । त्यो दिने व्यक्ति उनै दुबईका राजकुमार शेख हमदम बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन् भन्ने त्यतिबेलासम्म नै बताइरहियो । दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणमा झापा आएको भन्ने कुरा माध्यममा आउने भए नै । यो भ्रमण केन्द्रमा नरोकिई एकै पटक झापा पुगको थियो । अचम्म के भयो भने दुबईको राजकुमार नेपाल भ्रमण आएको समाचार न परराष्ट्र मन्त्रालय र न सुरक्षा निकाय कसैले पनि सुइँको समेत पाएनन् । एकै पटक सुनको लौरो वितरण गरिएको समारोह चित्रमा आएपछि मात्र उनीहरूले थाह पाए । त्यसपछि यो नक्कली राजकुमारको भ्रमण रहेछ भन्ने रहस्य खुल्यो । यो ठाउँमा प्रश्न उठ्छ राज्यलाई यो हदसम्म ढाँट्ने काम किन भयो ।
अर्को प्रसङ्ग हो सुनको लौरो दिने रलिने काम । यो भ्रमणमा बी एन्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका सञ्चालक (दुर्गा प्रसाईं)ले सुनको लौरो उपहार पाए । चित्रमा त्यस्तै देखियो । एउटा त विदेशीले नेपाली नागरिकलाई उपहार दिइँदा राज्यबाट अनुमोदान लिनुपर्छ त्यो भएन । उपहार दिएका व्यक्तिले आफ्नो पद ढाँटेका रहेछन् भन्ने सार्वजनिक नै भयो । त्यसो भए भन्नै पर्छ, सुनको यो उपहार तस्करीको सामान हो भनी शंका गरियो भने त्यसलाई अस्वाभाविक भन्न नमिल्ला ।
सुन तस्करीका सन्दर्भमा त धेरै तरिकाहरू अपनाइएका उदाहरण छन् । उपहार दिइएको भनिएको सुनको लौरो एकैचोटी झापामा मात्र प्रकट भयो । विदेशी त विदेश गए तर यो प्राप्त गर्ने व्यक्ति त यहीँ छन् । यसको गम्भीररूपले अध्ययन हुन जरुरी छ । यो घटनालाई नक्कली सुन भनेर पन्छाउन मिल्दैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया