काठमाडौं । सरकारले खासगरी आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अनुमान गरी तर्जुमा गर्ने नीतिहरू सहीरूपमा किन कार्यान्वयन हुँदैनन् भन्ने प्रश्न फेरि गम्भीररूपमा उठेको छ । यो विषय हो, वस्तु व्यापारमा आयात–निर्यातको तत्कालको अवस्था । सरकारले जस्तो अनुमान गरेर त्यसको व्यवस्था ग-यो परिणाम भने त्योअनुसार आएन ।
यसले कुनै एउटा वस्तुको वा विषयको मात्र कुरा बताउँदैन । यसभित्र हरेक क्षेत्र र खासगरी आर्थिक पक्षमा त सरकार असफल हुँदै गएको वा भएको नै बुझाउँछ । अर्को, सरकारले अपेक्षा गरेअनुसारको परिणाम नआउँदा त्यसको कारण खोज्ने र सोसँग सम्बद्ध पदाधिकारीको भूमिकाको पुनर्मूल्यांकन नै हुने नगरेको भन्ने अर्थ बुझाउँछ । यसैभित्र पर्छ बजेटको कार्यान्वयन, जो प्रत्येक वर्ष अपेक्षाअनुसारको प्रतिफल पाइँदैन र त्यसमा सुधार पनि कहिल्यै हुँदैन । सबैभन्दा खतराको र नीतिगतरूपले असफलतातर्फ लागिएको पक्ष पनि यही हो ।
खासगरी आर्थिक नीतिहरू किन असफल हुन्छन् भन्ने चालू आर्थिक वर्षको बितेको दुई महिनाको व्यापारअवस्था मात्रै हेरौँ । विनिमय मुद्राको खस्किँदो सञ्चिति रोक्न भनी यो वर्ष सरकारले विशेष कार्यक्रम ल्याएको थियो । त्यसमा विलासी वस्तुका आयात रोक्नु र स्वदेशी वस्तुका उत्पादनको प्रवद्र्धन गर्ने भन्ने कडाखालको प्रतिबद्धता गरिएको थियो । यसैभित्र पर्छ निर्यात बढाउने र आयातमा कठोर प्रकारले नियन्त्रण गर्ने भन्ने । सरकारले यसलाई विशेष अभियान भनेर संज्ञा दिएको थियो । तर यही कार्यक्रम सुरु भएको दुई महिनामै पूर्णरूपमा असफल हुनगयो । यता सरकारले परम्परागत वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगायो तर तिनै वस्तु यही समयमा सबैभन्दा बढी आयात भए ।
यो साउन र भदौको मात्र कुरा हो, जुनबेला आयातमा वृद्धि र निर्यातमा व्यापक कटौती भएको देखियो । यस्तो किन भयो भनेर सरकारले खोजी गरेको पनि पाइएन । यो भनेको सरकारी नीति अर्थात् घोषणा पूर्णरूपले असफल भएको अवस्था हो । त्यस्तो असफलताको मापन व्यापारको असन्तुलनबाट पनि हुन्छ । चालू आवका पछिल्ला यी दुई महिनामा झन्डै तीन खर्ब रूपैयाँको आयात भयो । यद्यपि गतवर्षको तुलनामा आयात केही घटेको छ । तर प्रतिबन्धात्मक अवस्थामा जस्तो अपेक्षा गरिएको थियो त्यो भने पूरा हुन सकेन । प्रतिबन्ध लागेका वस्तु नै बढी मात्रामा आएका देखियो ।
भन्सार विभागको अनुसार आयातको स्तर जसरी घटेको देखियो निर्यातको मात्रा पनि त्यसरी नै घटेको छ । चालू वर्षको यही भदौ महिनामा ३४ दशमलव ८८ प्रतिशतले स्वदेशी वस्तुको निर्यात घटेको पाइयो । यो अवधिमा २८ अर्ब ६८ करोड चार लाख ३७ हजार रूपैयाँबराबरको स्वदेशी वस्तु निर्यात भयो । अघिल्लो आर्थिक वर्षको यही समयमा नेपालबाट ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार रूपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो । यसले निर्यातको अवस्था निराशाजनक देखाउँछ । सरकारले ल्याएको विशेष कार्यक्रम कार्यान्वयनको अवस्था यस्तो रह्यो भने सामान्य कार्यक्रम कस्ता होलान् भन्ने अनुमान गर्न सकिन्छ । यतिमात्र होइन, यता आयात भने पछिल्ला महिना झनै बढिरहेका छन् ।
गएको साउनको तुलनामा भदौ महिनामा आयात बढेको छ । भन्सारको विवरणअनुसार साउनमा एक खर्ब ३१ अर्ब २८ करोडको आयात भएकोमा भदौमा यस्तो आयात बढेर दुर्ई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रूपैयाँ पुग्यो । यी विवरण भनेका आथिृकक्षेत्रमा चिन्न्ता बढाउने प्रकारका हुन ।आफुले घोषणा गरेका कुरा किन कार्यान्वयन भैरहेका छैननभन्ने सरकारले मेहनतका साथ हेर्न जरुरी छ । त्यसो नहुँदा नै अर्थमा संकट बढदै जान्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
- बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?
- विदेशी लगानी ‘अटोमेसन प्रणाली’बाट ल्याइने
- तरलता व्यवस्थापन गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक
- नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य हुने
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान
- बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य
- उपनिर्वाचनको मौन अवधि आज रातिदेखि
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया