Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकर्जाको प्रयोग उत्पादनमुुखी क्षेत्रमा हुुनुुपर्छ

कर्जाको प्रयोग उत्पादनमुुखी क्षेत्रमा हुुनुुपर्छ


काठमाण्डौँ,फागुन २०

नेपाल पछिल्ला वर्षहरुमा धेरै वस्तुु तथा सेवाहरुमा परनिर्भर हँुुदै गएको छ । यो परनिर्भरताको अन्त्यको लागि उत्पादन बढाउनुु आवश्यक रहेको छ । तर, मुलुुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो तथ्यांकलाई हेर्दा मुलुकको उत्पादन पक्ष निकै नै कमजोर रहेको देखिन्छ । चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा छ खर्ब रुपैयाँभन्दा बढीको व्यापारघाटा हुुनाले पनि मुुलुकको अर्थतन्त्र असहज देखिएको हो । यो असहजतालाई चिर्नको लागि मुलुुकको आन्तरिक उत्पादन बलियो हुुनुुपर्छ । यसको लागि उत्पादनमूक क्षेत्रमा कर्जा लगानी बढाउनुु पर्छ । तर, राष्ट्र बैंककै तथ्यांकअनुसार पनि उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढेको देखिँदैन । बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल कर्जा लगानी बढेर चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ३१ खर्ब ६१ अर्ब ३५ करोड १० लाख रूपैयाँ पुुग्दा उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको कुुल कर्जा रकम झण्डै दुुई खर्ब रुपैयाँको हाराहारीमा मात्र रहेको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुले हालसम्म प्रवाह गरेको कुुल कर्जा रकमा ३१ खर्ब रहनुको अर्थ वित्तीय क्षेत्रले मुलुकको दुुई आर्थिक वर्षको बजेटबराबरको रकम कर्जा लगानी गर्नु हो । यति ठूलो परिमाणमा कर्जा लगानी भइसक्दा पनि आन्तरिक उत्पादन कमजोर हुुनु मुुलुकको आर्थिक विकास र समृद्धिको बाधक हो । यो बाधालाई हामीले चिर्न सक्नुुपर्छ । यसलाई चिर्नको लागि वित्तीय क्षेत्रमार्फत जति पनि रकम कर्जा लगानी हुुन्छ, त्यो रकमलाई उत्पादन र रोजगारमुुखी क्षेत्रमा लगानी गर्नुुपर्छ । अनि मात्र नेपाली श्रम, सीप र क्षमताको सहीरुपमा उपयोग हुुन सक्छ । होइन भने खर्बौँ रुपैयाँ कर्र्जा लगानी गरिसक्दा पनि अर्थतन्त्र कमजोर नै देखिन सक्छ । यो कमजोरीलाई हटाउनको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार, मानव संसाधन, घरेलु तथा साना उद्योग, पशुपालनलगायतका क्षेत्रमा कर्जा बढाउनुु पर्छ । कर्जा लगानी बढाउनुुको प्रमुुख उद्देश्यको रुपमा उत्पादन र रोजगारी हुुनुुपर्छ । अनि मात्र मुुलुकको दिगो आर्थिक विकास र समृद्धिको खाका कोर्न सक्छ । यो खाकाविना मुुलुक आर्थिक विकास र समृद्धिको दिशामा अगाडि लम्केको मान्नुु दिवा सपनाजस्तै हो । यो अवस्थामा मुुलुकलाई समृद्ध बनाउने हो र सारा नेपाली नागरिकहरुलाई सुुखी बनाउने हो भने उत्पादन र रोजगारमुुखी क्षेत्रमा बैंकहरुको कर्जा लगानी पहिलो शर्त हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया