Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीययतिञ्जेल चिन्न नसकिएका नेता

यतिञ्जेल चिन्न नसकिएका नेता


काठमाण्डौं,फागुन २२
राजनीतिशास्त्रका विद्यार्थीहरूले यतिञ्जेलसम्म केही नेताहरूलाई चिन्न सकेका रहेनछन् । गत आइतबार भरतमोहन स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री, तत्कालीन माओवादीका अध्यक्ष, बिघटित जनमुक्ति सेनाका सुप्रिम कमाण्डर एवं सत्तारुढ नेकपाका दोस्रो बरियताका अध्यक्ष प्रचण्डले स्वर्गीय भरतमोहन असल अभिभावक मात्र भनेनन्, निष्ठाका प्रतीक अधिकारीलार्ई गुमाउँदा आफूलाई निकै आघात गरेको समेत बताए । प्रचण्डले स्वर्गीय अधिकारीका बारेमा यति धेरै बताएपछि कार्यक्रमा सहभागीले समेत उनीहरूलाई बेलैमा चिन्न नसकेको जस्तो महसुुस गरेका थिए ।प्रचण्ड पहिला शिक्षक थिए र पछि सशस्त्र माओवादी जनमुक्तिका नेतृत्व गरेर धेरै जनधनको क्षतिपछि शान्तिप्रक्रियामा आएका हुन् भने स्वर्गीय अधिकारी सुरुमा विराटनगरमा वकिल थिए । उनी डायरी नामको साप्ताहिक पत्रिका निकाल्थे, २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि नेकपा मालेसँग नेकपा माक्सवादी विलय हुँदा उनी पनि नेकपा एमालेको नेता बन्न पुगेका हुन् ।

२०४८ सालमा बहुमत पाएको नेपाली कांग्रेसको सरकारले २०५१ सालमा माध्यावधि निर्वाचन गराँउदा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेपछि अर्थमन्त्री बनेका अधिकारीको आफ्नो गाउँ आफैँ बनाआँै भन्ने कार्यक्रम अत्यन्त जनप्रिय भएको थियो । उनको सरकार भएकै बेला प्रचण्डले जनयुद्ध सुरु गरेर भरतमोहनले अघि सारेको कार्यक्रम अवरुद्ध गरेका थिए । सामान्यतया जनसाधरणले हेर्दा यी दुई नेता एक–अर्काका लागि नदीका दुई किनारा थिए । अहिले भरतमोहन छैनन्, उनी जतिबेला थिए, एक साल त उनले बजेट भाषणको अघिल्लो दिन नै व्यापारीलाई बजेट भाषण लिंक गरिदिए । अर्थात् उनी व्यापारिक घरानाबाट निर्देशित देखिन थालेका छन् र आफ्नै पार्टीको सरकारविरुद्ध नयाँ बखेडा झिकेर सिँगौरी खेलिरहेका छन् । अन्य प्रसङ्गलाई बिर्सिने हो भने यो प्रसङ्गमा चाहिँ अधिकारी र प्रचण्डलाई एक–अर्काका पर्याय नै ठाने पनि हुन्छ । तर, यही कुरा बुझ्न पनि राजनीतिकशास्त्रका विद्यार्थीले प्रचण्डकै मुख ताकेर बस्नुपरेको रहेछ । प्रचण्डलाई सधैँ हत्या, हिंसा, आतङ्कको पर्यायको रूपमा लिइन्थ्यो । तर, उनी मोहन वैद्यजस्ता कम्युनिष्ट नेतालाई नभएर भरतमोहनलाई असल अभिभावक मान्दारहेछन् । उनको यो अभिव्याक्तिले यी दुवैलाई चिन्न ढिला भएको स्पष्ट भएको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया