काठमाडौं । संविधानसभाले बनाएको संविधानअनुसारको दोस्रो महानिर्वाचनमा अपेक्षा गरिएअनुसारको मतदान भएन । पहिलो महानिर्वाचनको उत्साह धेरै थियो । त्यसबेला आर्थिक उन्नतिका कुरा बढी थिए । रेल पानीजहाजका कुरा त्यसैबेला आएका हुन् । त्यसबेलाको मूल नारा नै अबका दिन राजनीतिका नभएर विकासका हुन् भनेर सबै दलले प्रतिज्ञा गरेका थिए । तर त्यो कार्यकाल सबैभन्दा बढी राजनीतिक तनावमा बित्यो र विकासनिर्माण नै ओझेलमा पर्न गयो । पहिलो आवधिक निर्वाचनबाट खडा भएको संसद्ले पाँच वर्ष त बितायो तर त्यो सहज थिएन । त्यसै पनि दुई तिहाइको सरकारले पूरा समय काम गर्न नसकेको अवस्थाले दिएको सन्देश यो मतदानमा निराशाजनक रूपले प्रकट भएको हुनुपर्छ । यो निर्वाचनमा धेरै पुराना अनुहार दोहोरिएकाले निर्वाचनपछिको समय पनि उनकै हातमा जाने निश्चित भएको थियोे । यस्तो अवस्थामा आफ्नो मतले परिवर्तन ल्याउने कुरामा मतदातामा विश्वास दिलाउन सकिएन । त्यसै कारण पनि होला अघिल्लोभन्दा दश प्रतिशतको अंकमा यो पटक कम मत प-यो ।
छ महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा कुल मतदाता एक करोड ७७ लाख ३३ हजार सात सय २३ थियो । त्यसमध्ये त्यो निर्वाचनमा एक करोड २५ लाख ८३ हजार आठ सय ५० मत खस्यो । यो गएको वैशाखको कुरा हो । त्यसपछि यो निर्वाचन हुँदासम्म अर्थात् यसका लागि दुई लाख ५४ हजार आठ सय ४७ मतदाता थपिएका थिए तर मत भने एक करोड नौ लाख ५७ हजार मात्रैले दिए । यो भनेको स्थानीय तह निर्वाचनको तुलनामा झन्डै १० प्रतिशत कम मत खसेको अवस्था हो । यो निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको भन्दै निर्वाचन आयोगले नै बताएको हो ।
निर्वाचन सम्पन्न भएको दिन बेलुका आयोगले पत्रकार सम्मेलन गर्दै यो संघ र प्रदेशको निर्वाचनमा कुल मतदाता एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेका तर मत भने एक करोड नौ लाख ५७ हजार १८ खसेको जनायो । यो भनेको ६१ प्रतिशतको हाराहारी हो । आयोगले यसअघि ७० प्रतिशत मतदान हुने अनुमान गरेको थियो तर त्यो पुगेन । कम मतदान हुनुमा अन्य कारण भने खासै थिएनन् । देशभरि एकै चरणमा सम्पन्न मतदानमा छिटपुट घटनाबाहेक शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोग र पर्यवेक्षकहरूबाट निष्कर्ष निकालिएको छ । १५ वटा ठाउँमा पुनः निर्वाचनको अवस्था आयो । यो धेरै ठूलो विषय होइन । करिब ११ हजार बुथका २२ हजार दुई सय १२ केन्द्रमध्ये उल्लिखित घटना सामान्य नै मानिन्छ ।
यो निर्वाचनमार्फत प्रत्यक्ष र समानुपातिक गरी संघीय संसद्का दुई सय ७५ र प्रदेशसभाका पाँच सय ५० गरी आठ सय १५ सांसद चुनिन्छन् । जनादेश ताजा भए पनि दुवै निर्वाचनबाट छानिने मानिस भने खासगरी निर्णायक मानिने दलबाट करिब–करिब उनै अनुहार थिए जो अघिल्लो पटक संसद्मा र सरकारमा परीक्षण भइसकेका थिए । उनका चुनावी बाचा पनि विगतका नै त्यसैबेला चर्चामा आइसकेका थिए । सरकार कसले बनाउँछ भन्ने पनि करिब–करिब टुङ्गो लागेको र नेताको हुने हो भन्ने पनि निश्चित भएको अवस्थामा प्रकट भएको यस्तो जनमत गम्भीर सामीक्षाको विषय हुनुपर्छ । यो भनेको मतदाता बढ्ने र मत घट्ने भयो । यसका लागि दलहरूले आफूलाई सुधार गरेको सन्देश दिनुपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
- एक सातापछि अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा
- अफ्रिकी किशोरी भन्छन्: नेपाली भाषा र संस्कृति लैजान्छौँँ
- एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै
- सुनको मूल्य तोलामा सात सयले बढ्यो
- दक्षिण कोरिया आर्थिक विकासको सुत्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया