Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयव्यक्तिगत आवासीय कर्जाको खुुकुुलो प्रावधान स्वागत योग्य

व्यक्तिगत आवासीय कर्जाको खुुकुुलो प्रावधान स्वागत योग्य


नेपाल राष्ट्र बैंकले यसै हप्ता चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा प्रस्तुुत ग¥यो । उक्त समीक्षामार्फत राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको प्रावधानलाई केही खुुुकुुलो ग¥यो । उक्त प्रावधानअनुुसार विगतमा कुनै पनि व्यक्तिले आवास निर्माणको लागि आफ्नो कुुल आम्दानीको ५० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था रहेकोमा यसलाई परिमार्जन गरेर ६० प्रतिशतसम्म पु¥याइयो । सोहीअनुरुप अब कुुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्ना ग्राहकहरुलाई ग्राहकको कुुल आम्दानीको ६० प्रतिशत रकम आवास निर्माणको लागि कर्जाको रुपमा दिन सक्नेछन् । राष्ट्र बैंकको यो कदम निकै नै स्वागतयोग्य रहेको छ । विश्व बैंकिङ क्षेत्रमा नै व्यक्तिगत आवासलाई सबैभन्दा सुरक्षित कर्जाको रुपमा मानिन्छ । आवास निर्माणको लागि लिएको कर्जा जस्तोसुुकै ग्राहकले पनि तिर्छन्, यो कर्जा तिर्नको लागि कुुनै पनि ग्राहकले कन्जुस्याइँ गर्र्दैनन् भन्ने विश्वव्यापी मान्यता बैंकिङ बजारमा रहेको छ । किनकि आवासीय कर्जा लिएर कर्जा भुक्तानीको लागि ढिलासुस्ती बेइमानी गर्नुु भनेको आवास कर्जा लिने ग्राहकले आफ्नो घर गुमाउनु हो, जुनसँग आफ्नो भावनात्मक एवं पारिवारिक सम्बन्ध गाँसिएको हुन्छ । जुुन कुुनै पनि ग्राहक कुुनै पनि हालतमा गुमाउन चाहँदैन । त्यहीकारण पनि व्यक्तिगत आवासलाई विश्वबजारमा नै सबैभन्दा सुरक्षित कर्जा मानिएको हो । विश्व बैंकिङ बजारमा कर्जा लिने ग्राहकहरुमा पनि सबैभन्दा बढी संख्यामा कर्जा लिने ग्राहक व्यक्तिगत आवास तर्फकै रहेका छन् ।

यो अर्थमा कुुनै पनि देशको केन्द्रीय बैंकले व्यक्तिगत आवास कर्जालाई कडाइ गर्नुुहुँुदैन । व्यक्तिगत आवास कर्जालाई कडाइ गर्नुु भनेको जनता अर्थात् भनौँ आफ्ना ग्राहकलाई घरवार नबना भन्नुु हो । नेपालको हकमा केन्द्रीय बैंकले केही समयअघि विभिन्न किसिमका प्राविधिक कारण देखाउँदै व्यक्तिगत आवास कर्जा समेतलाई कडाइ गरेको थियो । कर्जाको सीमा घटाएको थियो । तर राष्ट्र बैंकले विगतको आफ्नो कमजोरीलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रस्तुुत गर्र्दै सच्याउने जमर्को गरेको छ । वि.सं. २०७२ सालको शक्तिशाली भूकम्पबाट घरवारविहीन भएका अझै थुुपै्रै नेपाली जनताको घर बन्न बाँकी रहेको अवस्थामा कर्जाको सीमा बढाउने उदारता देखाएको छ । यो सबैको लागि स्वागतयोग्य रहेको छ । राष्ट्र बैंकले यो कदमले सरकारले अवलम्बन गरेको सुुखी नेपाली समृद्धि नेपालको सपना साकार गर्नको लागि एउटा इँट्टा थप्ने काम गर्नेछ । किनकि सुखी हुुनको लागि घर चाहिन्छ । राष्ट्र« बैंकले यही घरको लागि कर्जाको दर बढाएको छ । राष्ट्र बैंकको यो निर्णय जनपक्षीय रहेको छ, सबैको लागि स्वागतयोग्य रहेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया